बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वैशाख १२ कै झल्को दिने गरि १२ मिनेटको फरकमा दुई पटक भूकम्प 

वैशाख १२ कै झल्को दिने गरि १२ मिनेटको फरकमा दुई पटक भूकम्प 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- वैशाख १२ कै झल्को दिने गरि बुधबार बिहान भूकम्प फेरि भूकम्प गएको छ।

काठमाडौं र आसपासका क्षेत्रमा एकाबिहानै १२ मिनेटको फरकमा २ पटक भूकम्प गएको हो । लगातार गएको भूकम्पको धक्काका कारण काठमाडौं र आसपासका स्थानीय त्रसित बनेका छन् ।  

भूकम्पको पहिलो धक्का बुधबार बिहान ६ बजेर २९ मिनेटमा गएको थियो भने दोस्रो झड्का ६ बजेर ४० मिनेटमा गएको थियो । पहिलो भूकम्पको धक्का ५.२ म्याग्निटियूड रहेको र दोश्रो ४.३ म्याग्निटियूटको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। दुबै भूकम्पको केन्द्रबिन्दु धादिङको नौविसे हो। 

वैशाख १२ मा गएको विनाशकारी भूकम्पको ४ वर्ष पुग्न एकदिन अगाडी गएको भूकम्पले वैशाख १२ कै जस्तो हुने हो की भन्दै स्थानीय त्रसित देखिएका छन् । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।