बुधबार, साउन २०, २०८३

७ किलो सुनसहित एकजना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

रसुवा – रसुवाको टिमुरेबाट ७ किलोसुनसहित एकजना पक्राउ परेका छन्। चीनको केरुङ नाकाबाट काठमाडौंतर्फ आउँदै गरेको स्याउ बोकेको कन्टेनर ट्रकमा ७ किलो सुन फेला परेको हो।

ना ६ ख ९०६८ नम्बरको ट्रकमा लुकाईछिपाई सुन ल्याएको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा ७ किलो सुन फेला परेको हो।
 
सुनसहित ट्रक चालक नवकुण्ड गाउँपालिका–१ यार्सा घर भएका शेर ग्याल्पो घले पक्राउ परेका छन्। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।