बुधबार, साउन २०, २०८३

विप्लवका नेता हेमन्तप्रकाश कारागार चलान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वका पोलिटब्यूरो सदस्य तथा मध्य क्षेत्रीय कमान्ड हेमन्त प्रकाश ओली सुदर्शन कारागार चलान भएका छन्। जिल्ला अदालत ललितपुरले मंगलबार हेमन्तप्रकाशसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। अदालतको आदेशसँगै उनी नख्खु कारागार चलान भएका छन्। 

नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम आक्रमणको सञ्चार माध्यममार्फत जिम्मा लिएका वलीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको थियो। उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले  नियन्त्रणमा लिएको थियो।

यसअघि पनि वलीलाई सर्वोच्चले समेत रिहा गर्न अस्वीकार गरेको थियो।

चैत ७ गते पक्राउ परेका वलीलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै छोरी विपनाले गत चैत १३ गते सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट अदालतले खारेज गरिदिएको थियो।

वलीमाथि प्रहरीले संगठित अपराध, राज्यविरुद्धको अपराध, हातहतियार तथा बम विस्फोट, ज्यानमार्ने उद्योगलगायतमा आरोपमा थुनामा राखेर अनुसन्धान गरिरहेको छ। 

नख्खुमा रहेको एनसेल मुख्यालय अगाडि भएको बम विस्फोटमा परी एक जनाको मृत्यु हुनाको साथै ३ जना घाइते भएका थिए।

थुनामा पठाइएका अन्यमा शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर दमाई र विरबहादुर कठायत छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।