बुधबार, साउन २०, २०८३

निर्मला हत्याको नौ महिना, हत्यारा अझै पत्ता लागेन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको नौ महिना पुगेपनि राज्यले अझै हत्यारा पत्ता लगाउन सकेको छैन। गत साउन १० गते हत्या गरिएकी निर्मलाको नौ महिनासम्म पनि हत्यारा पत्ता लाग्न नसकेको भन्दै नागरिक संघर्ष समिति कञ्चनपुरले मंगलबार जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। 

प्रमुख जिल्ला अधिकारी शुशिल बैद्यमार्फत ध्यानाकर्षण पत्र पठाउँदै समितिले नौ महिनासम्म दोषी पत्तालगाई कानुनको कठघरामा उभ्याउन नसक्नुमा सरकार घट्नाप्रति गम्भीर नभएको जनाइएको छ। नागरिकको न्यायको मागप्रति राज्यले बेवास्था गर्नुका साथै सरकार र प्रहरी प्रशासनप्रति जनताको विश्वास घट्दै गएको ध्यानाकर्षण पत्रमा उल्लेख छ। 

राज्यका लागि यो सबै भन्दा लज्जास्पत कुरो भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ। उच्चस्तरिय छानविन समितिले प्रतिबेदनमा औल्याएका संकास्पत व्यतिहरुबाट शुक्ष्म ढंगले अनुसन्धान गरि हत्यारा छिटो पत्तालगाउन समितले सरकारलाई सचेत गराएको छ।

 बिगतमा राज्यले थुप्रै निर्दोष मानिसलाई फसाउ खोजेको भन्दै ध्यानाकर्षण पत्रमा आगामी दिनमा पनि त्यस्तै भए आम कञ्चनपुरबासी र देशबासी सरकारबिरुद्ध सडका उत्रिने चेतावनी दिइएको छ। यसअघि मंगलबार नै संघर्ष समितिले दुई घन्टा जिल्ला प्रशासनको गेटमा धर्ना दिएको अधिकारकर्मी शारदा चन्दले जानकारी दिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।