काठमाडौं – आइतबार श्रीलंकामा भएको बम विस्फोटको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले लिएको छ। आईएसले मंगलबार आफ्नो समाचार एजेन्सीमार्फत विस्फोटको जिम्मा लिएको हो।
विस्फोटमा परी हालसम्म करिब ३ सय २१ जनाको ज्यान गइसकेको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा ४५ जना विदेशी नागरिक रहेका छन्।
राजधानी कोलम्बोलगातका विभिन्न शहरमा रहेका चर्च र होटलमा भएको विस्फोटपछि त्यहाँ संकटकालको घोषणा गरिएको छ। राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्वारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागू हुनेगरी संकटकाल घोषणा गरिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४