काठमाडौं – निमोनियाबाट ग्रस्त नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको निधन भएको छ। ललितपुरको अल्का अस्पतालमा उपचाररतनेता ताम्राकारको मंगलबार दिउँसो ३ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ।
निमोनियाको संक्रमणबाट स्वास्थ्य अवस्था गम्भिर बनेका ताम्राकारको आइसीयुमा राखेर उपचार भइरहेको थियो। चैत अन्तिम साताबाट आइसीयुमा राखेर ताम्राकारको उपचार भइरहेको थियो। उनी विगत दुई वर्षदेखि क्यान्सरको संक्रमणबाटसमेत ग्रसित थिए।
ताम्राकार बि.सं. २०४८ र ५६ मा रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले स्वास्थ्य मन्त्रालय र उद्योग, बाणिज्य मन्त्रालय सम्हालेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४