बुधबार, साउन २०, २०८३

सरकारले १३ हजार शिक्षकलाई बेरोजगार बनायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सरकारले १२ अर्व खर्च गरेर १३ हजार शिक्षकलाई बेरोजगार बनाएको अस्थायी शिक्षक भनेर निकालिएका शिक्षकहरुले आरोप लगाएका छन्। वर्षौंदेखि इमान्दारितापूर्वक काम गरेको भएपनि परिक्षाको नाममा सरकारले आफूहरुलाई निकालेको उनीहरुको गुनासो छ।

वर्षौंसम्म काम गरेका शिक्षकहरुलाई निकालेर सरकारले संविधानको धारा १६ मा रहेको सम्मानपूर्वक बाच्न पाउने हकबाट बन्चित गरेको उनीहरुको रोप छ। राज्यले आफूहरुलाई स्थायी गर्नुपर्ने माग राख्दै आएका उनीहरुले राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

‘राज्य भनेको सबैको साझा हो। सबैले सम्मानपूर्वक बाच्न पाउनु पर्छ’, अस्थायी शिक्षक संघर्ष समितिका संयोजक सुर्यप्रसाद तिवारीले भने, ‘अयोग्य भनेर निकालिएपछि जीवनप्रति चिन्तित बन्दै चार जना शिक्षकले हृदय घातका कारण ज्यान गुमाउनु प¥यो। यसको जिम्मा सरकारले लिनुपर्छ।’

राज्यले बेमानी गरेर आफूहरुलाई निकालेको अयोग्य ठहरिएका शिक्षकहरुको भनाई छ। आफूहरुको जीवनको प्रत्याभूति नभएसम्म सरकारविरुद्ध कडा आन्दोलन गर्ने उनीहरुले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।