बुधबार, साउन २०, २०८३

सैनिक मुख्यालयको उद्घाटन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित सैनिक मुख्यालयको उद्घाटन गरेकी छन्। भण्डारीले मंगलबार आयोजित विशेष समारोहमा अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ भवनको उद्घाटन गरेकी हुन्।

उद्घाटनपछि आयोजित समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार पुनःनिर्माणको अभियानलाई कसरी अघि बढाउन चाहन्छ भन्ने दृष्टान्तका रुपमा जङ्गी अड्डा भवन निर्माण भएको बताए। उनले प्राकृतिक प्रकोप र विपद् व्यवस्थापनका घटनापछिका उद्धार र राहतका काममा पनि सेनाले क्रियाशील र जिम्मेवार ढङ्गबाट कार्यसम्पादन गरेको हुँदा सबैबाट प्रशंसा र धन्यवाद पाउँदै आएको बताए।

यस्तै प्रधानसेनापति पूर्णचन्द्र थापाले गोरखा भूकम्पबाट क्षति भएपछि जङ्गी अड्डाका काम चौरमा पाल टाँगेर गर्नुपरेको घटना सुनाउँदै जङ्गी अड्डा भवन निर्माणसँगै सेनाको पूर्वाधार निर्माणमा व्यावसायिकता र कार्यदक्षता अभिवृद्धि हुने बताए।

विसं २०७३ जेठ २४ गते निर्माण सुरु भएको उक्त भवन दुई वर्ष १० महिनामा तयार भएको हो। भवन निर्माणका लागि दैनिक ४०० जनशक्ति अहोरात्र खटिएका सेनाले जानकारी दिएको छ। सैनिक मुख्यालयको नयाँ भवन निर्माण गर्न प्राधिकरणमार्फत सरकारले रु तीन अर्ब ४४ करोड विनियोजन गरेको थियो।
 
उक्त भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७  कार्यालय सञ्चालन हुनेछ। अलग अलग सात भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लो छ। सैनिक मुख्यालयको सङ्गठन संरचनानुसारको सुविधा उपलब्ध गराउने हेतुले सरकारले आधुनिक र प्रविधियुक्त भवन निर्माण गर्ने निर्णय गरेको थियो। आवश्यकतानुसार छानामा हेलिकप्टर अवतरण गराउन मिल्ने गरी निर्माण गरिएको उक्त भवनमा विभिन्न बैठक कक्षसहित ५०० व्यक्ति अटाउने क्षमताको सम्मेलन कक्षसमेत छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट जङ्गी अड्डासहित नेपाली सेनाका एक हजार १०९ भौतिक संरचनाम क्षति पुगेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।