बुधबार, साउन २०, २०८३

ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - ग्रेटर नेपालका अध्यक्ष तथा अभियन्ता फणीन्द्र नेपाल पक्राउ परेका छन्। उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले मंगलबार दिउँसो चाबहिलबाट पक्राउ गरेको हो।

नरेशकुमार न्यौपानेले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उनले लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएको विषयमा उजुरी परेपछि पक्राउ गरिएको परिसरका डीएसपी होविन्द्र बोगटीले बताए।

यता नेपालले भने आफुलाई फसाउन खोजिएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले नरेश कुमार नेउपाने नामक घरधनीलाई घरघाडा वापत रु ६ लाख रुपैयाँको चेक दिएको थिएँ। चेकको भुक्तानी मितिमा ६ लाख रकम बुझी आज चेक ल्याउन बिर्सिएँ, भोलि चेक फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो। मैले नेपाल बैंक लिमिटेडको ६ लाखको चेक २०७५ मंसिर २१ गते शुक्रबार भुक्तान गर्ने गरी दिएको थिएँ। पैसा लिइसकेपछि चेक पटकपटक फिर्ता माग्दा नदिएर अहिले आएर निजले चेक बाउन्स गरी पक्राउ गर्ने भूमिका खेले।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।