बुधबार, साउन २०, २०८३

विप्लव समूहका झापा इञ्चार्जसहित दुई पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

झापा- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बिर्तामोड नगरपालिका–१ आँखा अस्पताल नजिकैबाट सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

यो सँगै झापामा विप्लव समूहका छ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । यसअघि इलाम जिल्ला सेक्रेटरी दिपेन राई र होम खतिवडालाई समेत प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको थियो । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।