बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोरङमा बढ्दै छ महिला हत्या, प्रहरी अनुसन्धानमै सीमित

मोरङमा बढ्दै छ महिला हत्या, प्रहरी अनुसन्धानमै सीमित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

घटना नम्बर १ : 

बेलबारी नगरपालिका-४ की रमिला राई गत फागुन १७ गते हराइन् । २६ वर्षीया राईको हत्या भएको आशंका भयो । हत्या आरोपमा फागुन २३ गते  इलामबाट स्थानीय नेकपा नेता योगेन्द्र गुरुङ पक्राउ परे । बयानमा गुरुङले हत्या स्वीकारे । हाल उनी पुर्पक्षका लागि थुनामा छन् । 

घटना नम्बर २ : 

बेलबारी ६ की मुना राई नामले चिनिने शर्मिला राईको वैशाख ५ गते बिहीबार मृत्यु भयो । धरानको बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै भएको भनिएको मृत्युलाई आफन्तले अस्वीकार गर्दै छानबिन माग गरेका छन् ।

मृतकका पति पर्वत राईले माइती पक्षलाई उपचारका क्रममा लानेबित्तिकै मृत्यु भएको भनेको तर पोस्टमोर्टम गर्नुअगाडिको एक तस्बिरमा चोटैचोट र रगत देखिएपछि आफन्तले मृत्यु नभएर हत्याको आशंका गरेका छन् । पोस्टमर्टमा आफन्त बोलाएपछि पुगेकी फुपू पूर्णा राईले तस्बिर लिएकी थिइन् ।

तस्बिरमा राईको घाँटीमा चोट देखिन्छ, छातीमा रगत र पेटमा नीलडाम देखिन्छ । यही तस्बिरका  कारण आफन्तले हत्या भएको आशंका गर्दै बेलबारी प्रहरी कार्यालयमा जाहेरी हालेका छन् ।

घटना नम्बर ३ :

वैशाख ७ गते पथरीमा अर्को महिलाको शव नग्न अवस्थामा भेटियो । स्थानीय वीरबहादुर बस्नेतको घरमा डेरा लिएर बस्ने रुपा भनिने रिना बस्नेतको हत्या भएको आशंका छ ।

वैदेशिक रोजगारीमा रहेका पति सन्तोष बस्नेतकी पति रिना आफ्ना १३ वर्षे छोरा साइमनसँगै बस्थिन् । छोरासँग राति पथरीको प्रस्तावित रंगशाला क्षेत्रमा भएको कन्सर्ट हेरेर ११ बजेपछि डेरामा आएकी २९ वर्षीया रिनाको स्वाभाविक मृत्यु नभएर हत्या भएको स्थानीयको भनाइ छ । 

यसरी उत्तरी मोरङमा पछिल्ला तीन महिनामा तीन महिलाको हत्या भएको छ । बेलबारीकी शर्मिला राईको हत्या भएको प्रमाणित भएको छ । शर्मिला राई र रिना बस्नेतको शंकाशस्पद मृत्यु पनि हत्या नै भएको स्थानीयको दाबी छ । 

विरोधमा स्थानीय र आफन्त आन्दोलित

रिना हत्याको विरोधमा पथरीमा स्थानीय आन्दोलित भएका छन् ।  सोमबार सडकमा आएका स्थानीयले केही समय पूर्वपश्चिम राजमार्गको सडक अवरुद्ध गरेका थिए । पथरीका स्थानीय कमल मादेनले पथरीमा सुरक्षाकर्मीको राम्रो उपस्थिति भए पनि हत्यारा पत्ता लाग्न नसकेकाले आन्दोलन गरिएको बताए । उनले भने, 'रिना बस्नेतको मात्रै हैन यस अगाडि एउटा गोरखा गल्लीमा फागुन १६ गते एउटा युवकको शव भेटियो । प्रशासनले न सुरक्षा दिन्छ न हत्यारा पत्ता लाउँछ ?' 

यता बेलबारीकी शर्मिला राईका आफन्तले पनि शंकास्पद मृत्युको न्यायिक छानबिन नभएमा आन्दोलन गर्ने बताएका छन् । मृतककी फुपू पूर्णा राईले  चोटैचोट र रगत देखिएको घटनालाई पनि सामान्य लिएमा आन्दोलन गर्ने बताइन् ।
 
अनुसन्धान गरिरहेका छौं : प्रहरी

रिना बस्नेत र शर्मिला राईको शंकास्पद र विभत्स मृत्युको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले शर्मिला राईको पोस्टमार्टम रिपोर्टपछि अन्य अनुसन्धान गर्ने बताए । उनले भने, 'पोस्ट मार्टम रिपोर्ट आएपछि त्यसैअनुसार अनुसन्धान गर्छौं ।'

यता, रिना बस्नेतको हत्या आशंकाका विषयमा कुराकानी गर्न सम्पर्क गर्दा इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंले फोन उठाएनन् । मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले भने रिनाको कल डिटेल्स लिने र बाँकी अनुसन्धान भइरहेको मिडियालाइ बताएका छन् । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।