बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खुल्लामञ्‍चकाे बसपार्क बन्द, सडक नै बन्यो पार्किङ स्थल

खुल्लामञ्‍चकाे बसपार्क बन्द, सडक नै बन्यो पार्किङ स्थल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पुरानो बसपार्कबाट खुल्लामञ्चमा सारिएको बसपार्किङ क्षेत्रमा सार्वजनिक यातायात राख्न रोक लगाइएको छ ।

बिना जानकारी मर्मत भइरहेको भन्दै खुल्लामञ्च व्यवस्थापन गर्ने जिम्मा लिएको जलेश्वर स्वछन्द निर्माण कम्पनीले सार्वजनिक यातायात पार्किङ गर्न रोक लगाइएको हो । ठेकेदारले सार्वजनिक सुचना निकाल्ने र सवारी चालकहरुलाई जानकारी गराउने काम समेत गरेको छैन । 

निर्माण कम्पनीको मनपरिका कारण खुल्लामन्चमा सवारी साधनले खुल्लामञ्चमा प्रवेश नपाएपछि अहिले रत्नपार्क क्षेत्रको सडकमै गाडीहरु पार्किङ गरिएको छ । सडकमै गरिएको पार्किङका कारण सवारी आवागमन अस्तव्यस्त बनेको छ भने यात्रुहरु अन्योलमा परेका छन् ।

जथाभावि गाडी रोकिएका कारण आफू जाने रुटको गाडी भेट्न यात्रुहरुलाई मुस्किल परेको छ । वीर अस्पताल क्षेत्र र विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय क्षेत्रको सडक पुरै गाडीले ढाकिएको छ । 

खुल्लामञ्चमा बस नै रोक्न दिएको विषयमा काठमाडौं महानगरपालिका प्रवक्ता इश्वरमान डङ्गोलसँग बुझ्दा उनले अज्ञविज्ञता जनाए । उनले भने- 'हो, र त्यस्तो भएको छ र ? म बुझेर खबर गर्छु है त ।'

निर्माण कम्पनीका सञ्चालक मनोज भेट्वालसँग कुराकानी गर्न खोज्दा उनी सम्पर्कमा नै आएनन् । यसअघि पनि उनी खुल्लामञ्चमा टहरा बनाएर रकम असुलेका विषयमा मिडियासँग नबोलिन पन्छिएका थिए । 

ठेकेदारको लापरबाहीका विषयमा महानगर नै बेखर हुँदा सार्वजनिक सवारी साधन र यात्रु मारमा परेका छन् । काठमाडौं महानगरपालिकाले खुल्लामञ्च व्यवस्थापनको जिम्मा जलेश्वर स्वछन्द निर्माण कम्पनीलाई दिएको छ ।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।