बुधबार, साउन २०, २०८३

नेकपा एकीकरण सकियो, भागबन्डा मिलाउन सकस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले लामो समयदेखि अड्किएको नेकपाको एकता प्रक्रिया टुङ्गिएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

आजको नयाँ पत्रिकाले नेकपा एकिकरणः त्रिपक्षीय समीकरण शीर्षकमा मुख्य समाचार छापेको छ भने नागरिक दैनिकले नेकपा एकता प्रक्रियाः टुंगो लाग्यो जिल्ला नेता शीर्षकमा खबर लेखेको छ । अन्नपूर्ण पोस्ट्ले भागबन्डामै जिम्मेवारी शीर्षकमा खबर छापेको छ ।

भागबन्डाका आधारमा तत्कालीन एमालेले ४४ र माओवादीले ३३ जिल्लाको नेतृत्व पाएको छ। पूर्वएमालेले अध्यक्ष पाएको जिल्लामा पूर्वमाओवादीले सचिव र पूर्वमाओवादीले अध्यक्ष पाएको जिल्लामा पूर्वएमाले नेताले सचिवको जिम्मेवारी पाएका छन्।

जिल्ला अध्यक्षमा केपी ओली पक्षका २८ र माधव नेपाल पक्षका १६ जना छन्। यस्तै पुष्पकमल दाहाल पक्षका २७, रामबहादुर थापा पक्षका ५ र नारायणकाजी श्रेष्ठ पक्षका एकजना जिल्ला अध्यक्ष भएका छन्।

जिल्ला सचिवमा ओली पक्षका १४, नेपाल पक्षका १९, दाहाल पक्षका ३६ र थापा पक्षका ८ जना नेताले जिम्मेवारी पाएका छन्। ७७ जिल्लामध्ये तीन महिलाले मात्र जिल्ला अध्यक्षको जिम्मेवारी पाएको पत्रपत्रिकाले लेखेका छन् ।
 
आजको कान्तिपुर दैनिकले भने नेकपाको एकता घोषणा कार्यक्रममा दुई अध्यक्षको हालीमुहाली भएपछि वरिष्ठ नेता माधव नेपाल सभा नै छाडेर हिडेको विषयलाई मुख्य समाचार बनाएको छ ।
 
सभालाई दुई अध्यक्षले मात्रै सम्बोधन गर्न पाउने भनेर महासचिव विष्णु पौडेलले उद्घोष गरेपछि नेता नेपाल कार्यक्रम छाडेको हिडेका थिए । आफूले बोल्न नपाउने भएपछि र अर्का नेता झलनाथ खनाल भन्दा कनिष्ठ कुर्सीमा बस्नु परेपछि आक्रोशित बनेका उनी अध्यक्ष प्रचण्ड बोल्न सुरु गरे लगतै बाहिरिएको समाचारमा उल्लेख छ ।
 
यो विषय बाहेक आजको नयाँ पत्रिकाले धनगढी उपमहानगरपालिकामा निर्माणको एक साता नबित्दै कालोपत्रेमा घाँस उम्रिएको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

 धनगढी उपमहानगरले बनाएको सडकको दुवै किनारातिर कालोपत्रेमै घाँस उम्रिएको हो । कालोपत्रे सडकमा घाँस उम्रिएपछि त्यसको गुणस्तरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । आयोगको कञ्चनपुरस्थित क्षेत्रीय कार्यालयको टोलीले कालोपत्रे गरिएको सडकको निरीक्षण गर्नुका साथै धनगढी उपमहानगरपालिकाबाट सडकसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ ।
 
नागरिक दैनिकले भने एनसेल सरकारलाई तिर्नुपर्ने ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर कानुनविपरीत तोकिएको दाबीसहित सर्वोच्चमा पुगेको विषयलाई प्रथमिकताका साथ छापेको छ । कार्यालयले अधिकार सीमाबाहिर गएर रकम तोेकेको दाबी एनसेलको छ ।

एनसेलका तर्फबाट प्रशन्न श्रेष्ठले सोमबार सर्वोच्चमा दर्ता गराएको रिटमा १४ अर्ब रुपैयाँमात्र तिरे पुग्ने दाबी गरिएको समाचारमा उल्लेख छ । गत बिहीबार ठूला करदाता कार्यालयले एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ तिर्न ताकेता गर्दै पत्र पठाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।