बुधबार, साउन २०, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज बैशाख ९ गते साेमबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

'कम्युनिस्टको सपना पुरा भयो'

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकरणको अवसरमा कम्युनिस्टले जितको दिनको संज्ञा दिएका छन्। एकीकरण घोषणा सभामा ओलीले भने, ‘आज कम्युनिस्टहरुले जित हासिल गरेको दिन हो। यो जनताको पनि जित हो ।’ ओलीले यो अवस्थासम्म आइपुग्न धेरै लामो संघर्ष र अनेक मोडहरु पार गर्नुपरेको बताए। 

यी हुन् नेकपाका जिल्ला अध्यक्ष र सचिव

नेकपाले ७७ जिल्लाका अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको छ। आइतबार बसेको सचिवालय बैठकको निर्णयअनुसार सबै जिल्लामा एकीकरण टुंग्याई नामावली सार्वजनिक गरेको छ। एकीकरणमा भएको सहमतिअनुसार ४५ जिल्ला अध्यक्षमा पूर्व एमालेले र ३२ जिल्ला अध्यक्षमा पूर्वमाओवादीले पाएका छन्। 

प्रचण्डको दाबी : अब नेकपा आक्रामक मोर्चामा 

 नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नेपाल कम्युनिस्ट पार्टी आक्रामक मोर्चामा उत्रने दाबी गरेका छन्। नेकपाको स्थापना दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन्। ‘अब नेकपा आक्रामक मोर्चामा छ, राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले मोर्चालाई के गरी कमजोर पार्ने भनेर षड्यन्त्रका तानावान बुनिरहेका छन्’, प्रचण्डले भने।

माधव नेपाल बाहिरिनुको यस्तो छ कारण

नेकपा स्थापना दिवस मनाइरहेका बेला कार्यक्रमबीचबाटै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल बाहिरिएपछि यसबारे अनेक टीकाटिप्पणी भएका छन्। महासचिव विष्णु पौडेलले जिल्ला अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेलगत्तै नेपाल बाहिरिएका थिए। नेपाल कुनै असन्तुष्टिका कारण नभई आफ्नो सेड्युलअनुसार नै बाहिरिएको नेपालको सचिवालय स्रोतले बतायो।

पार्टी स्थापना दिवसमा बजेन अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत

कपाको स्थापना दिवस मनाइरहँदा कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय गीत बजाइएन। कम्युनिस्टहरुले गर्ने कार्यक्रममा यस्तो गीत नबजाउँदा कार्यक्रम नै पुरा नभएजस्तो ठान्थे। तर सोमबार प्रज्ञा भवनमा आयोजित स्थापना दिवस तथा जिल्ला कमिटी एकीकरण घोषणा कार्यक्रममा नेपाली राष्ट्रिय गीतमात्रै बजाइयो। 

नेकपा एकीकरण : माधव नेपालले यसरी फुकाए गाँठो

लामो समयदेखि अडकेर बसेको नेकपाको एकीकरण अन्ततः सोमबार (आज) टुंगो लाग्दैछ । विशेष गरी पूर्व एमालेको दुई समूहबीच कुरा नमिल्दा एकता प्रकृया अड्किएको थियो। पूर्व माओवादीतर्फ भने संख्याको हिसावमा कम भएकोले कुनै विवाद थिएन। त्यसैले एकीकरणमा टाउको दुखाई  प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई थियो। आफु निकट कार्यकर्ताको व्यवस्थापन गर्नका लागि केन्द्रमा एकीकरण भएको एक वर्षमा पनि जिल्ला तहमा बाँकी थियो।

सर्वोच्च पुग्यो एनसेल, लाभकर तिर्न अस्वीकार

ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभ कर कानूनअनुसार नभएको भन्दै एनसेलले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। एनसेलका नाममा आयकर ऐन, २०५८ ऐनको दफा ९९ बमोजिम कर निर्धारण हुनुपर्ने दाबी गरिएको छ । तर, ठूला करदाता कार्यालयले ऐनको दफा १०१ बमोजिम ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ ७१ पैसा कर दाखिला गर्नुपर्ने भनेपछि एनसेल अदालत पुगेको हो।  ठूला करदाता कार्यालय र कर अधिकृतले आफ्नो अधिकार सीमा उल्लंघन गरेको एसेलको दाबी छ।

नेपालगन्ज रंगशाला : जताततै भ्वाङ, खेतजस्तै मैदान
नेपालगन्ज रंगशाला आठौं राष्ट्रिय खेलकुदको सबैभन्दा बढी चासो र केन्द्रको विषय बन्यो। उक्त रंगशालाले नै आठौं राष्ट्रिय खेलकुदको मिति पटक पटक सार्‍यो। मङ्सिर २१ देखि २९ गतेसम्म सञ्चालन हुने गरी पहिलोपटक मिति तोकिएको प्रतियोगिता यसै रंगशालाका कारण वैशाखमा आइपुग्यो।

'सरकारको राष्ट्रिय लुट महायात्रा जारी छ'

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले गफ र हावादारी सपनाबाट मुलुकमा समृद्धि नआउने बताएका छन्। वुटवलमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा केसीले सरकारका खोक्रा भाषण र प्रचारबाजीले मुलुकमा समृद्धि नआउने बताएका हुन्। सरकारले १३ महिना विताइसकेको बताएउँदै उनले यो अवधिमा समृद्धि आउने कुनै संकेत नदेखिएको बताए।

७८ प्रतिशत अनुसन्धान सफल : आइजिपी खनाल

 नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले अपराध अनुसन्धानमा उल्लेख्य सफलता प्राप्त गरेकाले अन्तर्राष्ट्रिय समुदायमा नेपाल प्रहरीको छवि उच्च रहेको दाबी गरेका छन्।
प्रहरी मुख्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै खनालले सामाजिक सञ्जालको दुरुपयोगका कारण अपराध बढ्दै गएको र आपराधिक मनोवृत्तिका मानिसले नयाँनयाँ प्रविधिको प्रयोग गरेकाले थप चुनौती थपिएको बताए।

तारा एयरको विमान दुर्घटना

तारा एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। रामेछाप विमानस्थलमा ल्यान्ड गर्ने क्रममा विमान दुर्घटनामा परेको हो। सोलुखुम्बुको फाप्लुबाट रामेछाप आएको नाइन एन एकेके कलसाइनको डोर्निएर जहाज सोमबार दुर्घटनामा परेको रामेछाप नागरिक उड्डयन प्राधिकरणका प्रमुख अमितकुमार चौरसियाले जानकारी दिए। दुर्घटनामा परी कुनै मानवीय क्षती भने भएको छैन।

हुरीबताससहित वर्षाको सम्भावना

देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ । भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून चापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय क्षेत्र विद्यमान रहेकाले आइतबारदेखि बदली भएको मुलुकभरको मौसम बुधबारसम्म बदली रहने महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। 

विभिन्न देशका मौसमविद् किन आए काठमाडौं?

 नेपालको आयोजनामा सोमबारदेखि साउथ एसियन क्लाइमेट आउटलुक फोरम (सास्कोफ–१४) को १४ औं सम्मेलन काठमाडौंमा सुरु भएको छ। दक्षिण एसियाली मुलुकहरूमा यो वर्षको मनसुन प्रक्षेपण गर्न विभिन्न ८ देशका मौसमविद्हरु काठमाडौंमा भेला भएका छन्। हरेक वर्ष मनसुन सुरु हुनुभन्दा दुई महिनाअघि सम्मेलन गरी दक्षिण एसियाली मुलुकको मनसुन प्रक्षेपण गर्ने गरिएको छ । मौसमविदले गहन छलफल गरी यस वर्षको मनसुनबारे निष्कर्ष निकाल्ने बताइएको छ। 

माथिल्लो तामाकोसीमा वैशाखभित्रै पेनस्टक पाइप जडान हुने

स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो र माथिल्लो ठाडो सुरुङमा २२ वैशाख भित्रमा पेनस्टक पाइप जडान सुरु हुने भएको छ। आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई  अत्यन्तै जटिल एवं चुनौतिपूर्ण मानिएको छ। तल्लो ठाडो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्नुपर्ने छ । माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेनस्टक पाइपहरु जडान भइसकेका छन्। अब ती बेण्ड पाइपहरुभन्दा माथि पाइपहरु जडान सुरु गर्न क्रेन राख्ने काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ।

सैनिक मुख्यालयको नयाँ भवन यस्तो

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ। गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो। विसं २०७३ जेठ २४ गते निर्माण शुरु भएको उक्त भवन दुई वर्ष १० महीनाको अवधिमा तयार गरेको हो। उक्त भवन निर्माणका लागि दैनिक ४०० को सङ्ख्यामा जनशक्ति अहोरात्र खटिएका थिए। 

सरकारसँग वार्ता गर्न राप्रपाले बनायो समिति 

 राप्रपाले सरकारसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति बनाएको छ। सोमबार  पार्टीका वरिष्ठ नेता दिपक बोहराको संयोजकत्वमा गठित सो समितिमा  महामन्त्री मा.राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा रहेका छन् । राप्रपाले हिन्दू राष्ट्र र राजसंस्था स्थापनाका लागि बिगत दुई महिना देखि बिभिन्न चरणमा आन्दोलन गर्दै आइरहेको छ।

जलिरह्यो घर, सम्झिरहे दमकल

शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका–६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार दुःखद् बन्यो । अपराह्नपख शर्माको वडा नं ३ हटिया बजारस्थित घरमा लागेको आगोले विपद्को रुप लियो । हेर्दाहेर्दै तीनतले घर खरानीमा परिणत भयो । खत्रीका छिमेकी र सिङ्गो हटिया बजारवासीमा त्रास छायो ।
 
मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट सोमबार तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा साविक कास्की पुम्दीभुम्दी–१ निवासी ३१ वर्षीय सन्दिप कुँवर रहेका छन्।  बसको ठक्करबाट गम्भीर घाइते कुवँरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। पोखराबाट दमौली आउँदै गरेको प्रदेश ३–०२–००१ प ६०३५ नं को मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको  ना ६ ख ८४१० नं को बसले पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो।

श्रीलंका आक्रमणमा मृत्यु हुनेको संख्या २९० पुग्यो, सूरक्षा निकायमाथि कारबाहीको माग

श्रीलंकाको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ । आइतबार राति थप ७५ जनाको मृत्यु भएसँगै शृंखलाबद्ध विस्फोटमा परि ज्यान गुमाउनेको संख्या २१५ पुगेको हो । विभिन्न आठ ठाउँमा भएको विस्फोटमा परि आइतबार साझसम्ममा २०७ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत रहेको प्रहरी तथा अस्पताल स्रोतले जनाएको छ ।

ट्राफिक अधिकृतलाई के भने आइजीपी खनालले ? 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्नेमा जोड दिएका छन् । महानिरीक्षक खनालले आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै देशभरकै नमूना ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । “ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र र शालिन हुनुपर्छ, हाम्रो सेवाले जनतालाई मुस्कुराउँदै जाने वातावरण बनाउनुपर्छ”, उनले भने। 

हिन्दू सन्तलाई प्रभावमा पार्दै भाजपा

 भारतमा जारी लोकसभा निर्वाचनमा गेरु रंग अर्थात भाजपाको प्रभाव विस्तार गर्न सत्तारुढ भारतीय जनता पार्टीले हिन्दू धार्मिक सन्तहरुलाई व्यापक रुपमा प्रयोग गरिरहेको एक अध्ययनले देखाएको छ।

युक्रेनको राष्ट्रपतिमा हाँस्यकलाकार विजयी !

यूक्रेनमा राष्ट्रपति चुनाव लगत्तै गरिएको मत सर्वेक्षणका अनुसार हास्यकलाकार (कमेडियन) वोलोदीमीर जेलेन्स्की भारी मतका साथ राष्ट्रपति पदमा निर्वाचित हुँदै छन्। चुनाव लगत्तै गरिएको मत सर्वेक्षण अनुसार उनले ७० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन्।  तीन हप्ता पहिले भएको पहिलो चरणको मतदानमा उनी सबैभन्दा अग्रस्थानमा थिए।

 उसु : निमा र मिनालाई स्वर्ण

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १४ औं राष्ट्रिय उसुको थाउलोतर्फ आर्मीकाद्वय निमा घर्ती मगर र मिना ग्लानले स्वर्ण जितेका छन् । खेलाडीद्वय १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी समेत हुन् । 

एथ्लेटिक्समा आर्मीलाई सर्वाधिक २१ स्वर्ण

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत सोमबार सम्पन्न भएको एथ्लेटिक्समा नेपाल आर्मीले सर्वाधिक २१ स्वर्ण जितेको छ । महिला र पुरुषका गरी कुल ३६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा आर्मी एक्लैले २१ स्वर्ण जितेको हो । यससँगै आर्मी एथ्लेटिक्समा टिम च्याम्पियन बनेको छ । आर्मीले सर्वाधिक २१ स्वर्ण, १२ रजत र ८ कास्य पदक जितेको हो । त्यस्तै एफिएफले ८ स्वर्ण, ६ रजत र ९ कास्य पदक जित्दै टिम दोस्रो बन्यो । नेपाल पुलिसले ३ स्वर्ण ५ रजत र ४ कास्य पदक जित्यो । 

गौरिकालाई दोस्रो दिन पनि दुई स्वर्ण

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्वीमिङ खेलमा आर्मीकी गौरिका सिंहले एक राष्ट्रिय कीर्तिमानसहित दुई स्वर्ण पदक जितेकी छिन् । बाँकेको नेपालगञ्जमा सोमबार स्वीमिङको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । उनले ५९.६० सेकेन्डमा दूरी पूरा गरी राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । आर्मीकै सोफिया शाहले रजत र एपीएफ क्बलकी तिसा शाक्यले कास्य पदकमा चित्त बुझाइन् ।

जहाँ बाँदरले दिन्छ सान्त्वना

 कोही धेरै चकचक गर्दा, चल्दा हामी कस्तो बाँदर जस्तो चलेको भन्छौं। कसैले धेरै दुःख दिँदा समेत कस्तो बाँदर रहेछ भनेर सराप्छौं। तर, भारतको पश्चिमी क्षेत्र कर्नाटकको कहानी भने अलग छ। नर्गुण्ड गाउँमा एक अचम्म प्रकृतिको बाँदर छ। उक्त बाँदरले त्यस क्षेत्रमा कोही व्यक्तिको निधन भएमा उसका परिवारका सदस्यलाई सान्तावना दिने गर्छ। सामाजिक भेला, विवाह भोजमा भने उक्त बाँदर देखा पर्दैन तर, कसैको घरमा मानिस बितेमा उक्त बाँदर त्यहाँ पुगेर सान्त्वना दिने गर्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।