बुधबार, साउन २०, २०८३

काठमाडौंको अनौठो मौसम बुझ्न विदेशबाट आए विज्ञहरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपालको आयोजनामा सोमबारदेखि साउथ एसियन क्लाइमेट आउटलुक फोरम (सास्कोफ–१४) को १४ औं सम्मेलन काठमाडौंमा सुरु भएको छ। 

दक्षिण एसियाली मुलुकहरूमा यो वर्षको मनसुन प्रक्षेपण गर्न विभिन्न ८ देशका मौसमविद्हरु काठमाडौंमा भेला भएका छन्। हरेक वर्ष मनसुन सुरु हुनुभन्दा दुई महिनाअघि सम्मेलन गरी दक्षिण एसियाली मुलुकको मनसुन प्रक्षेपण गर्ने गरिएको छ । मौसमविदले गहन छलफल गरी यस वर्षको मनसुनबारे निष्कर्ष निकाल्ने बताइएको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गरेको सास्कोफ–१४ सम्मेलनमा करिब ३० जना विशेषज्ञको सहभागिता रहेको छ। सम्मेलनमा नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंकाका मौसमविदरु सहभागिता रहेको छ। सम्मेलनमा विश्व मौसम संगठन (डब्लूएमओ), बेलायतको मेटिरियोलोजी अफिसका विशेषज्ञ र मौसमबारे अध्ययन गर्ने विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिलगायत विज्ञहरु सहभागी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।