बुधबार, साउन २०, २०८३

७८ प्रतिशत अनुसन्धान सफल : आइजिपी खनाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले अपराध अनुसन्धानमा उल्लेख्य सफलता प्राप्त गरेकाले अन्तर्राष्ट्रिय समुदायमा नेपाल प्रहरीको छवि उच्च रहेको दाबी गरेका छन्।

प्रहरी मुख्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै खनालले सामाजिक सञ्जालको दुरुपयोगका कारण अपराध बढ्दै गएको र आपराधिक मनोवृत्तिका मानिसले नयाँनयाँ प्रविधिको प्रयोग गरेकाले थप चुनौती थपिएको बताए।

०७४ चैत २७ गते नेपाल प्रहरीको महानिरीक्षक बनेका खनालले एक वर्षको कार्यकालमा वर्षौंदेखि रोकिएका सरुवा बढुवा खुलाएको, आर्थिक पारदर्शिता तथा संगठनभित्रै सुशासन कायम गर्ने शून्य सहनशीलताको नीति अब अवलम्बन गरेको समेत दाबी गरेका छन्।

खनालले निर्मला हत्याको अनुसन्धानमा जारी रहेको बताउँदै अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृतको लापरबाहीका कारण प्रमाण नष्ट भए पनि अपराधीलाई कानुनी कठघरामा ल्याएरै छाड्ने दाबी गरेका छन्।

खनालले भने, ‘नेपालगन्जका सुनचाँदी व्यवसायी दीपक हेमकरसहित उनको परिवारका ५ जनाको हत्या गर्ने मुख्य अभियुक्त किशोरीलाल सोनी १३ वर्षपछि गत असोज १३ गते पक्राउ परेका छन्। निर्मला पन्तका हत्यारालाई पनि कारबाहीको दायरामा ल्याउँछौं।’

उनले ७५३ स्थानीय तहमध्ये ७५१ तहसँग समुदाय प्रहरी साझेदारीमा सहमति भसकेको बताए। उनले गोरखाको चुमनुम्री र डोल्पाको से–फोक्सुन्डो गाउँपालिकामा छिटै सहमति हुने बताए।

प्रदेश जिल्ला स्थानीय तह समुदाय तथा विद्यालयमा गरी ११ हजार ५६ जना प्रशिक्षित प्रहरी परिचालन गरिएको छ।

प्रहरी मुख्यालयले नेपाल प्रहरीको विभिन्न तहमा रहेका ७ हजार ५६८ जनाको बढुवा तथा २९ हजार ९ सय ५० जनाको सरुवा गरेको जनाएको छ। त्यस्तै आर्थिक वर्ष ०७३ सालदेखि बेरुजु रहेको ६८ कोरोड ४१ लाख ७० अजार बेरुजु पछ्स्र्योट गरेको  समेत जनाएको छ।

नेपाल प्रहरीले आगामी कार्ययोजनाअन्तर्गत ७ सय ५० प्रहरी युनिट थप्ने, प्रत्येक प्रहरीलाई एकएक खाट उपलब्ध गराउन १२ हजार खाट किन्ने, ४४२ वडा प्रहरी कार्यालयको स्तर उन्नति गर्ने तथा २२ हजार ४ सय १८ दरबन्दी माग भएअनुसार परिपूर्ति गर्ने योजना अगाडि सारेको छ।

२०७४ सालको तुलनामा ०७५ मा चोरीका घटनामा कमि आएको तथा जबरजस्ती करणी तथा बैंकिङ कसुरका घटनामा बृद्धि भएको तथ्याङ्कले देखाएको छ। बिभिन्न अपराधमा संलग्न ३७ हजार ६ सय ८० जना पक्राउ परेका प्रहरी मुख्यालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।