बुधबार, साउन २०, २०८३

माधव नेपाल बाहिरिनुको यस्तो छ कारण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काटमाडौं - नेकपा स्थापना दिवस मनाइरहेका बेला कार्यक्रमबीचबाटै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल बाहिरिएपछि यसबारे अनेक टीकाटिप्पणी भएका छन्।

महासचिव विष्णु पौडेलले जिल्ला अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेलगत्तै नेपाल बाहिरिएका थिए। नेपाल कुनै असन्तुष्टिका कारण नभई आफ्नो सेड्युलअनुसार नै बाहिरिएको नेपालको सचिवालय स्रोतले बतायो।

स्रोतका अनुसार सोमबार बिहानै नेपाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो। नेपालले आफू एक घन्टा मात्र कार्यक्रममा बस्न सक्ने जानकारी गराएका थिए। सोमबार नेपालको पारिवारिक कार्यक्रम रहेको थाहा भएको छ।

नेपाल प्रज्ञा भवनबाट बाहिरिएपछि पारिवारिक कार्यक्रममा सहभागी भएर साँखु जाने कार्यक्रम थियो। आफ्नो चुनाव क्षेत्र साँखुमा अपराह्न सोमबार सडक हस्तान्तरण कार्यक्रम राखिएको नेपालको सचिवालयले नेपाल समयलाई जानकारी दियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।