बुधबार, साउन २०, २०८३

'कम्युनिस्टको सपना पुरा भयो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकरणको अवसरमा कम्युनिस्टले जितको दिनको संज्ञा दिएका छन्। एकीकरण घोषणा सभामा ओलीले भने, ‘आज कम्युनिस्टहरुले जित हासिल गरेको दिन हो। यो जनताको पनि जित हो ।’ ओलीले यो अवस्थासम्म आइपुग्न धेरै लामो संघर्ष र अनेक मोडहरु पार गर्नुपरेको बताए। 

लामो संघर्ष र बलिदानबाट आजको समयसम्म आइपुग्दा कम्युनिष्टहरुले देखेको सपना पुरा भएको उनले बताए। यो जित सहजै प्राप्त नभएको भन्दै उनले चर्को मुल्य चुकाएर सफलता हासिल भएको उल्लेख गरे।

उनले भने, ‘हामीले तय गरेको बाटो सही थियो, समयले प्रमाणित गरेको छ ।’ पार्टी एकता विश्वकै उदाहरणीय रहेको बताउँदै उनले पार्टी एकढिक्का भएर अगाडि बढ्ने बताए। उनले पार्टी एकीकरणका लागि बाँकी रहेका केही काम चाँडै सकिने बताए।

कम्युनिस्टहरुको जितबाट कांग्रेस अत्तालिएर प्रतिक्रियावादीसँग घाँटी जोडेको आरोप प्रधानमन्त्री ओलीले लगाए। ‘कांग्रेस लोकतन्त्रवादी हो भने प्रगतिशील शक्तिसँग सहकार्य गर्नुपर्छ, प्रतिक्रियावादीसँग होइन्’, उनले भने। ओलीले कांग्रेसका नेताहरु राजतन्त्र फर्काउने सपना बोकेर हिँडेका देख्दा आफु अचम्ममा परेको बताए।

ओलीले भ्रष्टाचारमा शुन्य सहनसिलताको नीति रहेको बताउँदै त्यसमा संलग्न कसैलाई नछोडिने प्रतिबद्धता व्यक्त गरे। अपराधलाई न्युनिकरण गर्न सरकार लागि परेको बताउँदै उनले डनहरुलाई धमाधम पक्राउ गर्दै जेल हालिएको बताए। मेलम्ची आयोजनाको एउटा ठेकेदार भागे पनि कामलाई अवरुद्ध हुन नदिने बताउँदै ओलीले राष्ट्रिय हित अनुकुल हुनेगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजी परिचालन गरिने उद्घोष गरे। 

ओलीले पार्टी एकतामा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठुलो आँट गरेको भन्दै धन्यावाद ज्ञापन गरे। ओलीले सरकारले हरेक दिन उपलब्धिपूर्ण काम गरेको तर पट्टी आँखामा बाध्नेले त्यो नदेखेको अरोप लगाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।