आइतबार, चैत ८, २०८२

'बच्चा एउटा जन्माउने, सुँगुर धेरै पाल्ने' चीनको त्यो नीति

सन् १९७९ मा चीनले एक दम्पतीले एउटामात्र बच्ना जन्माउन पाउने नीति लागू गर्‍यो। देशको जनसंख्या ८० करोड नाघेपछि चीनले उक्त नीति ल्याएको थियो।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० औं वर्षगाँठ मनाइरहेको छ। 

National life

पार्टीका सबैभन्दा ठूला नेता तथा चीनमा कम्युनिष्ट शासनका संस्थापक माओत्से तुङले राजनीतिक नाराबाजीलाई एक कलामा बदलिदिए। त्यसो त माओपछि चिनियाँ नेताहरुले उनका कैयौं कट्टर सिद्धान्तहरु बदलेका पनि छन्। तर आज पनि यस्ता कैयौं नारा छन्, जुन माओका राजनीतिक उत्तराधिकारीले दोहोर्‍याइरहन्छन्। 

चीनलाई बदल्ने नाराहरुमध्येको एक हो, ‘कम बच्चा जन्माऊ, बढी सुँगुर पाल।’

सन् १९७९ मा चीनले एक दम्पतीले एउटामात्र बच्ना जन्माउन पाउने नीति लागू गर्‍यो। देशको जनसंख्या ८० करोड नाघेपछि चीनले उक्त नीति ल्याएको थियो। सरकारले भन्यो– बच्चा पाउने दुःखबाट बच, गर्भपात गराउ। जेसुकै गर तर बच्चा नजन्माउ। एउटामात्र परिवारमा बढी बच्चा जन्मिए पूरै गाउँका मानिसलाई बन्ध्याकरण गरिदिने चेतावनी दिइएको थियो।  

लामो समयसम्म चलेको जापान विरुद्धको युद्ध, दोस्रो विश्वयुद्ध र आन्तरिक गृहयुद्धका कारण बीसौँ शताब्दीमा मात्र चीनले करोडौँ आफ्ना नागरिक गुमाउनुपरेको थियो । त्यसमाथिको भोकमरी र राजनीतिक कोपभाजनका कारण भोगेको आर्थिक नाकाबन्दीले जर्जर बनेको चीनलाई कम्युनिष्ट शासनको सुरुवातसँगै जनसंख्या नियन्त्रण गर्नुपर्ने चुनौती देखिएको थियो ।

Laxmi sunrise bank
kumari

एक सन्तान नीतिको उल्लंघन गरेर बढी सन्तान जन्माउने दम्पतीलाई निकै ठूलो नगद जरिवाना तिर्नुपर्ने प्रावधानसँगै सरकारी जागिरे भएमा जागिर खोसिनेसम्मको नियम बनाइयो । फलस्वरूप थुप्रै दम्पती बारम्बार गर्भपतन गर्न र जन्मिएको दोस्रो सन्तानलाई सरकारी पन्जिकाधिकारीकहाँ दर्ता नगराइकन अवैध बच्चाको रूपमा लुकाएर राख्न बाध्य थिए। चीनको एक सन्तान नीतिले त्यहाँको जनसङ्ख्या वृद्धि धीमा बनायो। 

सन् २०१६ मा आएर बल्ल एक बच्चा नीति खारेज भयो र एक दम्पतीले दुई जनासम्म बच्चा जन्माउन पाउने भए। हालैमात्र तीन बच्चा जन्माउन पाउने अनुमति दिइएको छ। पछिल्लो समय जन्मदर घटिरहेकाले चीनले अब हरेक दम्पतीले ३ जनासम्म सन्तान जन्माउन पाउने नीति ल्याएको हो । 

यसै वर्षको सुरुवातमा सार्वजनिक भएको जनगणनाअनुसार चीनमा वार्षिक जनसंख्या वृद्धिदर ०.५३ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको थियो  जुन १९६० को दशकयताकै कम भएको बताइएको छ। चीनको जनसंख्या १ अर्ब ४१ करोड पुगेको छ। यो संख्या विश्वको कुल जनसंख्याको १८.४७ प्रतिशत हो।

दोस्रो आर्थिक शक्तिका रूपमा अगाडि आएको चीन विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश हो। हालै सार्वजनिक भएको तथ्यांकअनुसार चीनमा बितेको एक दशकमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ। पछिल्लो दशकको जनसंख्या वृद्धिदर अहिलेसम्मकै न्यून देखिएको छ।

सरकारी तथ्यांकअनुसार पछिल्लो १० वर्षको औषत जनसंख्या वृद्धिदर ०.५३ प्रतिशत छ। सन् २००० देखि २०१० को बीचमा भने ०.५७ प्रतिशत वृद्धि थियो। चिनियाँ अधिकारीहरुले जनसंख्याको न्यून वृद्धिदर निकै चिन्ताजनक रहेको बताएका छन्। 

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।