बुधबार, साउन २०, २०८३

प्रचण्डको दाबी : अब नेकपा आक्रामक मोर्चामा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नेपाल कम्युनिस्ट पार्टी आक्रामक मोर्चामा उत्रने दाबी गरेका छन्।

नेकपाको स्थापना दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन्। 

‘अब नेकपा आक्रामक मोर्चामा छ, राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले मोर्चालाई के गरी कमजोर पार्ने भनेर षड्यन्त्रका तानावान बुनिरहेका छन्’, प्रचण्डले भने।
 
जनआन्दोलन र जनयुद्धलाई एक ठाउँ मिलाएर महान् उपलब्धि हासिल गरेको दाबी गर्दै उनले अग्रजहरुको योगदान धरापमा पर्छ भनेर पार्टी एकता गरेको बताए। प्रचण्डले कम्युनिस्टबीच एकता संभव छैन भएपनि टिक्दैन भन्ने आशंका समेत पैदा गर्ने प्रयास भएको बताए।

उनले चुनावपछि  एकता रोक्न नेपालभित्र र बाहिर अनेक प्रयास भएको बताए। प्रचण्डले पार्टी एकताको घोषणा गरेर फलामे ढोका तोडेको दाबी गरे। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।