शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पार्टी स्थापना दिवसमा बजेन अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत

पार्टी स्थापना दिवसमा बजेन अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
triton college
National life insurance
काठमाडौं – नेकपाको स्थापना दिवस मनाइरहँदा कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय गीत बजाइएन। कम्युनिस्टहरुले गर्ने कार्यक्रममा यस्तो गीत नबजाउँदा कार्यक्रम नै पुरा नभएजस्तो ठान्थे। तर सोमबार प्रज्ञा भवनमा आयोजित स्थापना दिवस तथा जिल्ला कमिटी एकीकरण घोषणा कार्यक्रममा नेपाली राष्ट्रिय गीतमात्रै बजाइयो। 

यसअघिका कार्यक्रममा राष्ट्रिय गीत बजाएलगत्तै अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत जाग,उठ ए भोगा नाङ्ग्गाहरु हो बजाउने गरिन्थ्यो। 

यस्तै स्थापना दिवसका अरुकेहि दृश्यपनि अलि फरक देखिएका छन्।

विगतमा यस्ता कम्युनिस्ट पार्टीले कार्यक्रम गर्दा माक्र्स र लेनिनका फोटो राख्ने ठाउँमा छन् प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डका फोटा। कार्यक्रममा हसिया हथौडाका झन्डा फहराइएका छन्। कार्यक्रमबाट गायब छन् कम्युनिस्टले आदर्श मानेका ५ प्राधिकार माक्र्स, लेनिन, एंगेल्स, माओत्सेतङ र स्टालिनका फोटा। कार्यक्रम हेर्दा लाग्छ यो कुनै कम्युनिस्ट पार्टीको कार्यक्रम होइन।

नेकपाका संस्थापक पुष्पलाल र मदन भण्डारीको जोडीको फोटो अलगै राखिएको थियो। त्यस भन्दा मुनि राखिएका थिए संस्थापकहरु नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, मोती देवीलगायतका तस्बिर । अहिले कार्यक्रम स्थलमा अध्यषद्वय ओली र दाहाल नपुगेका पुगका कारण तोकिएको समयमा कार्यक्रम हुन सकेको छैन। 

कार्यक्रम सुरु हुनुअगाडि नै प्रज्ञा भवनको हल खचाखच भएकाले प्रज्ञाभवन बाहिर समेत ठूलो भीड लागेको छ । आजै स्थापना दिवस पारेर नेकपा जिल्ला तहको एकीकरण घोषणा गर्ने तयारी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।