बुधबार, साउन २०, २०८३

तारा एयरको विमान दुर्घटना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - तारा एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। रामेछाप विमानस्थलमा ल्यान्ड गर्ने क्रममा विमान दुर्घटनामा परेको हो। 

सोलुखुम्बुको फाप्लुबाट रामेछाप आएको नाइन एन एकेके कलसाइनको डोर्निएर जहाज सोमबार दुर्घटनामा परेको रामेछाप नागरिक उड्डयन प्राधिकरणका प्रमुख अमितकुमार चौरसियाले जानकारी दिए। दुर्घटनामा परी कुनै मानवीय क्षती भने भएको छैन।

काठमाडौंबाट लुक्काका लागि उडान भरेको विमान मौसम खराबीका कारण त्यहाँ अवतरण गर्न नसकेपछि रामेछापको मन्थली विमानस्थलमा फर्किएको थियो। विमानमा १४ जना यात्रु  थिए ।  विमान ठूलो दुर्घटना बचेको  चौरसियाले बताए।

जहाज ल्याण्ड गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर रन वेको पश्चिमतर्फको घाँसे मैदानतर्फ गएर रोकिएको छ । दुर्घटनाबाट जहाजको अगाडिको भागमा क्षति पुगेको छ। दुर्घटनापछि  एयरपोर्ट बन्द भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।