बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा स्थापना दिवस : मार्क्स–लेनिनको ठाउँमा ओली–प्रचण्ड !

नेकपा स्थापना दिवस : मार्क्स–लेनिनको ठाउँमा ओली–प्रचण्ड !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
National life
Shivam cement
काठमाडौं - नाम नेपाल कम्युनिस्ट पार्टी। विचार मार्क्सवादी लेनिनवादी। नेकपाको ७० औं स्थापना दिवस मनाउन सोमबार प्रज्ञा भवन कमलादीको दृश्यचाहिँ अलि फरक देखिएको छ।

विगतमा यस्ता कम्युनिस्ट पार्टीले कार्यक्रम गर्दा माक्र्स र लेनिनका फोटो राख्ने ठाउँमा छन् प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डका फोटा। कार्यक्रममा हसिया हथौडाका झन्डा फहराइएका छन्। कार्यक्रमबाट गायब छन् कम्युनिस्टले आदर्श मानेका ५ प्राधिकार माक्र्स, लेनिन, एंगेल्स, माओत्सेतङ र स्टालिनका फोटा। कार्यक्रम हेर्दा लाग्छ यो कुनै कम्युनिस्ट पार्टीको कार्यक्रम होइन।

नेकपाका संस्थापक पुष्पलाल र मदन भण्डारीको जोडीको फोटो अलगै राखिएको थियो। त्यस भन्दा मुनि राखिएका थिए संस्थापकहरु नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, मोती देवीलगायतका तस्बिर । अहिले कार्यक्रम स्थलमा अध्यषद्वय ओली र दाहाल नपुगेका पुगका कारण तोकिएको समयमा कार्यक्रम हुन सकेको छैन  

कार्यक्रम सुरु हुनुअगाडि नै प्रज्ञा भवनको हल खचाखच भएकाले प्रज्ञाभवन बाहिर समेत ठूलो भीड लागेको छ । आजै स्थापना दिवस पारेर नेकपा जिल्ला तहको एकीकरण घोषणा गर्ने तयारी छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।