काठमाडौं : राप्रपाले सरकारसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति बनाएको छ।
सोमबार पार्टीका वरिष्ठ नेता दिपक बोहराको संयोजकत्वमा गठित सो समितिमा महामन्त्री मा.राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा रहेका छन् ।
राप्रपाले हिन्दू राष्ट्र र राजसंस्था स्थापनाका लागि बिगत दुई महिना देखि बिभिन्न चरणमा आन्दोलन गर्दै आइरहेको छ।
मग सम्बोधनका लागि दबाब दिन फागुन ७ गते नेपाल सरकार समक्ष २२ बुँदे माग पेश गरेको थियो। २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न बैशाख ८ गते कानुन मन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट पत्र लेखी बैशाख १० गतेका लागि वार्तामा आमन्त्रण गरेका थिए।
सरकारको पहलकदमीलाई राप्रपाले सकारात्मक रुपमा लिएको सो पार्टीका प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४