शनिबार, वैशाख ६, २०८२

अफगानिस्तानमा उद्धार प्रयास चुनौतीपूर्ण : जो बाइडेन

‘कुनै गल्ती गर्नुहुँदैन। यो उद्धार अभियान खतरनाक छ। यसमा हाम्रा सशस्त्र सैनिकका लागि जोखिम छ र यो अप्ठेरो परिस्थितिमा गरिँदैछ’ उनले भने।
 |  शनिबार, भदौ ५, २०७८
nespernesper

बीबीसी

बीबीसी

शनिबार, भदौ ५, २०७८

vianetvianet
triton college
National life insurance

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी र अफगान सहयोगीलाई उद्धार गर्ने प्रयासमा थप मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्। काबुलबाट उद्धार गर्ने जिम्मेवारी खतरामुक्त नरहेको उनको भनाइ छ। उनले अमेरिकाले आफ्नो सम्पूर्ण स्रोतसाधन परिचालन गरेर १० दिनभित्र उद्धार कार्य सम्पन्न गर्ने पनि बताए।

ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति बाइडनले यसलाई ‘इतिहासकै एउटा सबैभन्दा ठूलो र अत्यन्त कठिन हवाई उद्धार’ भनेका छन्। उनले अहिलेसम्म १३ हजार अमेरिकीको उद्धार गरिसकिएको जानकारी दिए। उनले भने, ‘घर फर्किन इच्छुक कुनै पनि अमेरिकीलाई हामी घरमा ल्याइपुर्‍याउँछौं।’

अमेरिकी नागरिकको उद्धार ‘प्राथमिकता’ रहेको भन्दै उनले अमेरिकी सेनालाई सहयोग गर्ने ५०,००० देखि ६५,००० जना अफगान सहयोगीलाई पनि त्यहाँबाट अन्यत्र लगिने बताए। ‘कुनै गल्ती गर्नुहुँदैन। यो उद्धार अभियान खतरनाक छ। यसमा हाम्रा सशस्त्र सैनिकका लागि जोखिम छ र यो अप्ठेरो परिस्थितिमा गरिँदैछ’ उनले भने। तालिबानहरूले सत्ता कब्जा गरेपछि राष्ट्रपति बाइडनले अन्तर्राष्ट्रिय स्तरमै आलोचना खेपिरहेका छन्।

प्रकाशित: Aug 21, 2021| 11:31 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।