बुधबार, साउन २०, २०८३

नेकपा स्थापना दिवसः यसरी हुँदैछ एकीकरणको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ- आज नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस । ७० औँ स्थापना दिवसको अवसर पारेर सोमबार नेकपाले विशेष कार्यक्रमको आयोजना गर्दैछ  ।

कमलादीस्थित प्रज्ञा भवनमा हुने कार्यक्रममा नेकपाको एकता टुङ्गिएको घोषणा गरिने भएको छ । जिल्ला तहको नेतृत्व छनोटमा सहमति जुटेसँगै पूर्व एमाले र पूर्व माओवादीबीच एकिकरणको अन्तिम टुङ्गो लागेको हो । 

केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार आज दिउसो १२ बजे हुने कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपीशर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधव नेपाललगायतले सम्बोधन गर्ने भएका छन् । 

तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । सोही दिनको अवसर पारेर नेकपाले एकता टुङ्गो लगाएको हो । 

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको थियो । आइतबार दिनभरी भएको प्रयासपछि साँझ बसेको सचिवालय बैठकले लामो समयसम्म अडकिएको नेकपाको एकीकरण टुङ्ग्याएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।