काठमाडौं- लामो समयदेखि अडकेर बसेको नेकपाको एकीकरण अन्ततः सोमबार (आज) टुंगो लाग्दैछ । विशेष गरी पूर्व एमालेको दुई समूहबीच कुरा नमिल्दा एकता प्रकृया अड्किएको थियो।
पूर्व माओवादीतर्फ भने संख्याको हिसावमा कम भएकोले कुनै विवाद थिएन। त्यसैले एकीकरणमा टाउको दुखाई प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई थियो। आफु निकट कार्यकर्ताको व्यवस्थापन गर्नका लागि केन्द्रमा एकीकरण भएको एक वर्षमा पनि जिल्ला तहमा बाँकी थियो।
एकीकरण लम्बिएपछि यी दुबै पक्ष तनावमा थिए। पार्टी पङ्तिभित्र ठ्लो निराशा छाएको थिये। तर आईतबार पार्टीका वरिष्ठ नेता माधव नेपाल लचिलो भएपछि एकीकरण सम्भव भएको एक नेताले बताए। माधव नेपालले सबै जिल्लाहरुको अधिवेशन छ महिना भित्र गर्ने शर्त नेतृत्व समक्ष राखेका थिए।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड यस विषयमा सहमत भएपछि नेतृत्वले तयार गरेको खाका बमोजिम एकीकरण हुन लागेको हो। पूर्व माओवादीका भागमा परेका जिल्लामा भने पार्टी नेतृत्व पूर्व एमालेको भन्दा निकै जुनियर देखिने भएको छ।
पार्टीमा वरिष्ठतका आधारमा नेतृत्व दिनुपर्ने, जनप्रतिनिधि वा राजनीतिक नियुक्तिमा गएकाहरुलाई नेतृत्वमा ल्याउनु नहुने अडानबाट माधव नेपाल पछि हटेपछि एकताका बाटो खुलेको एक नेताले बताए। सम्ब्न्धित कमिटी भन्दा तल्लो निकायमा निर्वाचति जनप्रतिनिधिले यो अवसर नपाउने भएका छन् ।
आइतबार राति बालुवाटारमा बसेको सचिवालय बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला नेतृत्व चयन गरेको छ। नेतृत्व चयन भएपनि केही प्राविधिक विषयहरू मिालउन बाँकी रहेकाले नाम भने सोमबारमात्रै सार्वजनिक हुने भएको छ । जनप्रतिनिधि भएपनि जिल्लाको कार्यकारी पदमा चयन गर्ने नयाँ प्रस्ताव पारित भएको छ।
नेकपाका एक नेताका अनुसार जिल्ला अध्यक्ष र सचिवको चयन गर्दा एउटा मापदण्ड बनाएर कार्यान्वयन गरिएको छ । जसमा भागवण्डा गर्दा पूर्वएमालेले अध्यक्ष पाएको जिल्लामा तत्कालीन एमालेको अध्यक्ष जनप्रतिनिधि भएको भएपनि उनलाई नै एकीकृत पार्टीको जिल्ला अध्यक्ष बनाइनेछ । सचिव पाएको जिल्लामा पनि तत्कालीन एमालेको अध्यक्ष जिल्ला सचिव हुने पर्नेछ ।
जिल्ला अध्यक्ष र सचिवको सूची आज दिउँसो नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको कार्यक्रम प्रज्ञा भवनमा सार्वजनिक हुनेछ । यसअघि भएको सहमति अनुसार पार्टीको इन्चार्ज पूर्व माओवादीको भए अध्यक्ष एमालेको र सचिव माओवादीको हुने मापदण्ड तयार गरिएको छ । त्यसैगरी पूर्ब एमालेको इन्चार्ज भए अध्यक्ष माओवादीको र सचिव एमालेको हुने सहमति भएको छ ।
एक नेताका अनुसार कतिपय जिल्लाका पूर्व अध्यक्षहरू कोही पार्टी केन्द्रीय सदस्य भएका र कहीँ अध्यक्ष खाली रहेकाले कसरी मिलाउने भन्ने विषयमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्णय लिन ढिलाइ गरेका थिए । यद्पी अध्यक्ष नभएकोमा उपाध्यक्षले जिम्मेवारी पाउने सहमति जुटेको छ ।
यसअघि प्रदेश कमिटीको बैठकले कुन जिल्लामा कुन पार्टीलाइ भन्ने गरेको सहमतिको मुल भावना अनुसार अध्यक्ष र सचिव छानिनेछ । प्रदेश कमिटीको बैठकले गरेका सिफारिसकै आधारमा धेरैले अचम्म मान्दै आएका छन । आइतबार सुची सार्वजनिक नगरीएपनि प्रदेश कमिटीले गरेको सिफारिसमा अधिकांश भन्दा बढीले आफ्नो जिल्लाको को अध्यक्ष र को सचिव भन्ने जानकारी पाइसकेका छन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४