बुधबार, साउन २०, २०८३

आइपिएल : बेंगलोरसँग चेन्नाई पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा शीर्ष स्थानको चेन्नाई सुपर किङ्स रोयल च्यालेन्जर्स बेंगलोरसँग पराजित भएको छ । आइतबार राती भएको खेलमा चेन्नाई बेंगलोरसँग एक रनले पराजित भएको हो । 

बेंगलोरले दिएको १ सय ६२ रको लक्ष्य पछ्याएको चेन्नाइले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १ सय ६० रन बनाउन सक्यो । चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले ८४ रनको उतकृष्ट अविजित अर्धसतकीय पारी खेले पनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन । 

निकै आक्रामक ब्याटिङ गरेका धोनीले ४८ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ८४ रनको अर्धसतकीए पारी खेलेका थिए । अन्तिम बलमा जितका लागि २ रन आवश्यकता रहेका बेला शार्दुल ठाकुर रन आउट भएपछि चेन्नई १ रनले पराजित हो । 

त्यस्तै अम्बाती रायडुले २९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडे । रविन्द्र जडेजाले ११ रन जोड्दा अन्यब्याट्सम्यानले दोहोरा अंकमा रन छुन सकेनन् ।  बेंगलोरका लागि डेल स्टेन र उमेश यादबले दुई दुई विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । बेंगलोरका लागि पृथ्वी पटेलले ५३ रनको अर्धशतकीय पारी खेले । उनले ३७ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडेका थिए । 

मोइन अलिले १६ बलमा ५ चौका प्रहार गर्दै २६ रन जोड्दा एबी डी भिलियर्सले १९ बलमा ३ चौका र एक छक्का प्रहार गर्दै २५ जोडे । त्यस्तै आकाश दिप नाथले २० बलमा एक चौका र एक छक्काको मद्दतमा २४ रन जोडे । चेन्नईका दिपक चाहर, ड्याने ब्राभो र रविन्द्र जडेजाले समान दुई दुई विकेट लिए । 

चेन्नईलाई हराएसंगै बैंगलोरले लिगमा तेस्रो जित निकालेको छ  । बैंगलोरले १० खेलबाट ६ अंक जोडेको छ । बैंगलोर लिगको पुछारमा रहेको छ । चेन्नाई बेंगलोरसाग पराजित भएपनि लिगको शीर्ष स्थानमा छ भने जित निकालेको बेंगलोर पुछारमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।