बुधबार, साउन २०, २०८३

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षको निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको निधन भएको छ। मधुमेह, थाइराइडलगायतका समस्याका कारण पछिल्लो एक सातादेखि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारार्थ चौधरीको आइतबार निधन भएको हो। 

लामो समयदेखि बिरामी रहेका चौधरी भारतको मेदान्त अस्पतालबाट उपचार गराएर करिब तीन महिनाअधिमात्र फर्किएका थिए। चौधरी राजपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
यसैबीच राजपा नेपालले अध्यक्ष चौधरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

राजपा नेपालको आइतबार काठमाडौंमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको तर्फबाट सो गाउँपालिकाका निर्वाचित अध्यक्ष चौधरीको अल्पआयुमै असमायिक निधनप्रति शोक प्रस्ताव पारित गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।