बुधबार, साउन २०, २०८३

रानीबारीमा लुटपाट गर्ने तीन पक्राउ  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाले गत चैत २६ गते काठमाडौंको रानीबारीमा लुटपान गर्ने तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका–८ मातातीर्थका ३८ वर्षीय नवराज तामाङ, चन्द्रागिरी–८ मातातीर्थकै ३६ वर्षीय विक्रम श्रेष्ठ र नुवाकोटको बेलकोटगढी नगरपालिका–४ कथुरानीका २८ वर्षीय दिपेश भनिने सन्तबहादुर तामाङ छन्। 

उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको  महानगरीय अपराध महाशाखाले जनाएको छ। ६ जनाको समूहमा आएका उनिहरुले गत चैत २६ गते दिउँसो साढे ११ बजे रानीबारीस्थित लालेन्द्र शेरचन, उनकी श्रीमती भानु सेरचन  र घरमा कामगर्ने मिठु सेरचनको हातखुट्टा बाँधी नगद तथा सुनका गरगहना लुटेका थिए।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले लुटपातमा संलग्न थप तीन जनाको खोजि भैरहेको र थप अनुसन्धान  भैरहेको जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।