आइतबार, वैशाख २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • राजा फर्काउन आन्दोलित राप्रपालाई ओलीले सिंहदरबार बोलाए

राजा फर्काउन आन्दोलित राप्रपालाई ओलीले सिंहदरबार बोलाए

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
triton college
National life insurance
काठमाडौं – हिन्दु राज्य तथा राजसंस्था पुनरस्थापनाका लागि आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्ताका लागि सरकारले औपचारिक पत्र पठाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपाले सरकारलाई बुझाएको २२ बुदे मागको सम्बोधनका लागि वार्ता गर्न कानुन मन्त्री भानुभक्त ढकाललाई तोकेका छन्। 

मन्त्री ढकालले आइतबार राप्रपा अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै बैशाख १० गते एक बजे वार्ताका लगि सिंहदरवारमा आमन्त्रण गर्दै पत्र पठाएको राप्रपाका सहायकमहामन्त्री राजाराम बर्तौलाले नेपाल समयलाई बताए।

बर्तौलाले सरकारले वार्ताका लागि आह्वान गर्नुलाई सकरात्मक रुपमा लिएको र राप्रपा वार्तामा सहभागी हुने जानकारी दिए। हिन्दु राज्य र राज संस्था फर्काउने मिसनसहित पहिलो चरणको जनसंघर्ष गरेको राप्रपाले दोस्रो चरणको कडा आन्दोलनको तयारी गरिरहेका बेला सरकारले वार्ताका लागि बोलाएको छ।

फागुन ७ गते  कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाएको थियो। मंगलबार बुझाइएको मागपत्रमा राजसंस्था स्थापनादेखि भ्रष्टाचारीलाई कारवाहीसम्मका विषय समेटिएका छन् ।

राप्रपाले २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न माग गरेको छ भने राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्न पनि माग गरेको छ ।

२२ बुँदे मागपत्रको बुँदानम्बर ७ (छ)मा लेखिएको छ, ‘२०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न न्यायिक छानविन आयोग गठन गरियोस् ।’ यस्तै, जवर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गर्न र धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थाहरुलाई बन्द गर्न समेत राप्रपाले माग गरेको छ ।
धर्मनिरपेक्षता खारेज गरी हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने, संघीयतामा जनमत संग्रह गर्नुपर्ने, मेलम्ची र वाइडबडी जहाजमा भएको अनियमितता छानबिन गरी कारवाही गर्नुपर्ने लगायतका विषय पनि राप्रपाले बुझाएको मागपत्रमा उल्लेख छन् ।

‘राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गरियोस्,’ राप्रपाको मागपत्रमा भनिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।