बुधबार, साउन २०, २०८३

‘कांग्रेसमा नेता गत नभई नीतिगत एकता हुनुपर्छ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसमा नेता गत नभई नीतिगत एकता हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. तीनको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै नेता केसीले पार्टीको आन्तरिक जीवनमा एकता ल्याउन नेतागत एकता भन्दा नीतिगत एकतामा जोड दीनुपर्ने धारणा राखेका हुन्।

नेता केसीले पार्टीले वर्तमान समयमा गति लिन नसकेको बताउँदै नेतृत्व महाधिवेशन गराउन तर्फ केन्द्रीत हुनुपर्ने बताएका थिए।

नेता केसीले वर्तमान सरकार भ्रष्टाचारीलाई उन्मुक्ति दिने, अपराधिहरुको संरक्षण गर्ने जस्ता गतिविधिमा संलग्न भएको बताए। उनले भने, ‘सरकारी सम्पत्ती माफियाहरुको चङगुलमा फसेको र नेकपाका नेताहरू माफियाको दलाल भएर सरकारी सम्पत्ती हडप्न र निजिकरण गर्न लागेका छन्।’ जसको प्रस्ट उदाहरण पछिल्लो बालुवाटार काण्ड भएको उनले बताए।​​​​​
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।