बुधबार, साउन २०, २०८३

नेकपा एकता : रातभर बालुवाटारमा छलफल, भोलि एकता घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ – लामो समयसम्म अडकिएको नेकपाको एकीकरण सोमबार टुंगो लाग्ने भएको छ। आइतबार दिनभर पटक–पटक नेताहरूबिच बालुवाटार भएको छलफलपछि एकता प्रक्रिया सोमबार नै घोषणा गर्ने निष्कर्ष निस्किएको स्रोतले बताएको छ। सोमबार नै पोलिटब्यूरो, जिल्ला र जनवर्गीय संगठनको नेतृत्तकोसमेत घोषणा गरिने बताइएको छ।  

प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबिच भएको छलफलपछि पार्टी भित्र एकताको लागि सहमति जुटेको हो। सहमतिलाई अनुमोदन गर्नका लागि आइतबार बेलुका बालुवटारमा सचिवालयको बैठक बोलाइएको छ। सचिवालय बैठकले पोलिटब्यूरो सदस्यहरूको नामावलिहरुलाई अन्तिम रूप दिने तयारी छ। 

लामो समयदेखि अड्किएको नेकपाको सांगठनिक एकीकरण कार्यकर्ताको दवाव पछि भोलि टुंगोमा पुग्नेग भएको छ। पार्टीका नेता तथा कार्यकर्ताहरु लामो समयसम्मट काम विहीन भएपछि एकता प्रकृया छिटो टुंगो लगाउन पार्टीको असन्तुसष्ट पक्ष र संस्थापन पक्षलाई दवाव बढेको थियो।

नेकपा स्थापना दिवस नाम दिएर सोमबार राजधानीको प्रज्ञा भवनमा कार्यक्रम आयोजना गर्न लागिएको हो। केन्दीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले नेकपाको ७० औं स्थापना दिवस मनाउन भोलि कार्यक्रम आयोजना गरिएको बताए।
 
गत जेठ ३ मा दुवै पार्टी एकीकरण भएको घोषणा भए पनि तल्ला कमिटी र जनवर्गीय संगठनको एकता झन्डै एक वर्ष बितिसक्दा पनि भएको थिएन। एकीकरणका लागि मापदण्ड तयार गर्ने विषयमा नेताहरुबीच सहमति हुन नसक्दा ढिलाइ भएको थियो।
 
यसरी ढिलाइ भएपछि वैशाख ९ मा नेकपाको ७० आंै स्थापना दिवस पारेर पार्टी एकीकरण सक्न नेतृत्वमाथि दबाब छ। एकीकरणको मापदण्ड र प्रक्रियाबारे विवाद नमिल्दा गत पुस १४ गते बसेको नेकपा स्थायी समिति बैठकले यसको टुंगो लगाउन कार्यदल गठन गरेको थियो। कार्यदलको संयोजकमा महासचिव विष्णु पौडेल र सदस्यमा रामबहादुर थापा, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल थिए।

कार्यदलले तयार गर्न लागेको प्रतिवेदनमा आफ्ना मानिस पर्न नसक्ने भन्दै कार्यदललाई  काम गर्न नदिएको आरोप पार्टीभित्रबाटै लागेको थियो। कार्यदलका विषयमा पार्टीभित्र विवाद बढ्दै गएपछि त्यसलाई सचिवालय बैठकले विघटन गरेको थियो। यो निर्णयसमेत पार्टीभित्र विवादमा छ।
 
नेकपा स्रोतका अनुसार अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओली  र वरिष्ठ नेता माधव नेपालबीच कुरा मिलिसकेको छैन। नेपाल पक्षले मापदण्ड बनाएर एकता गर्नुपर्ने अडान कायम राखेको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको आज ११ महिना पुगेको छ ।

यसअघि गठित कार्यदलका अनुसार विधान परिमार्जन, पोलिटब्युरो गठन, केन्द्रीय कमिटीका सदस्यहरुको कार्य विभाजन, केन्द्रीय आयोगहरुको गठन, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्च गठन, राष्ट्रिय परिषद्मा मनोनयन, प्रदेशस्तरीय विशेष कमिटी गठन, जिल्लासहित मातहत कमिटीको एकीकरण, जनवर्गीय संगठनको एकीकरण, प्रवासका संगठन र सम्पर्क कमिटी एवं मञ्चहरुको एकीकरण र केन्द्रीय विभागको गठन हुन सकेको छैन । तर एकीकरण घोषणा गर्नका लागि पार्टीका शीर्ष नेताहरु निरन्तर छलफलमा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।