बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैशाख ९ मा एकता टुङ्ग्याउन नेकपाका शीर्ष नेता गोप्य छलफलमा

बैशाख ९ मा एकता टुङ्ग्याउन नेकपाका शीर्ष नेता गोप्य छलफलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बैशाख ९ गते कम्युनिस्ट दिवसको अवसर पारेर पार्टी एकता टुङ्ग्याउने तयारी गरेका नेकपाका शीर्ष नेताहरु गोप्य छलफलमा जुटेका छन् ।

बैशाख ९ गते एकता प्रक्रियाका सबै काम सक्ने सैद्धान्तिक सहमति गरेका शीर्ष चार नेताहरु आइतबार पुनः गोप्य छलफलमा बस्न लागेका हुन् ।

अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल गोप्य छलफलमा जुटेका हुन् । बिहान ९ बजेपछि हुने छलफलले जिल्ला अध्यक्ष र सचिवहरूको सूची टुंग्याउने स्रोतको दाबी छ ।
 
शीर्ष नेताहरु शुक्रबार र शनिबार लगातार छलफलमा जुटेका थिए । आजको बैठकले ती छलफलको परिणाम निकाल्ने नेकपका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनका अनुसार शीर्ष नेताबीचको छलफलले सकारात्मक निष्कर्ष निकालेको अवस्थामा तत्कालै केन्द्रीय सचिवालय बैठक बस्ने सम्भावना छ ।

घनिभूत छलफलमा जुटेका शीर्ष चार नेताबीच शुक्रबार बालुवाटारमा लामो छलफल भएको थियो । अन्तिम गृहकार्यका लागि सिन्धुपाल्चोकको सुकुटेबाट फर्किएलगत्तै बालुवाटार पुगेर अध्यक्ष प्रचण्ड छलफलमा सहभागी भएका थिए । 

बिहीबार अध्यक्ष ओली र प्रचण्डले वरिष्ठ नेता नेपाललाई मनाउन एकता प्रक्रियाका मापदण्डमा केन्द्रित रहेर छलफल गरेका थिए । शनिबार पनि नेताहरुले विभिन्न चरणमा छलफल गरेका थिए । 

विशेषगरी पूर्वएमाले समूहमा एकता टुंग्याउने मापदण्डबारे अध्यक्ष ओली र नेपालबीच समझदारी जुटेको थिएन । नेपाल साबिक कमिटीमा रहेकामध्येबाट वरिष्ठलाई अध्यक्ष र सचिव बनाउनुपर्ने अडानमा छन् । पछिल्ला छलफलपछि भने अध्यक्ष ओली सबै जिल्लामा एउटै मापदण्ड लागू हुन नसके पनि नेपाल समूहलाई पनि सम्मानजनक स्थानका साथ समेटेर प्रस्ताव टुंग्याउने निष्कर्षमा पुगेका छन् ।

लामो समयदेखि एकता प्रक्रियाको बाँकी काम अल्झिँदा सरकार सञ्चालनमा समेत सकारात्मक प्रभाव नदेखिएपछि शीर्ष नेताहरूले पार्टी स्थापना दिवसमै टुंग्याउने गरी लगातार निर्णायक गृहकार्य गर्दै आएका छन् । पार्टी एकता नटुङ्गिदा जिम्मेवारी बिहिन भएका नेकपाका करिब ५ देखि ७ लाख कार्यकर्ता निराश बन्न थालेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।