बुधबार, साउन २०, २०८३

सामूहिक बलात्कारको आरोपमा ६ पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - कैलालीको घोडाघोडी नगरपालिका-४ मा १६ वर्षीया एक किशोरी माथि सामूहिक बलात्कार भएको छ।

नयाँ वर्षको दिन उक्त घट्ना भएको हाे। प्रहरीले घटनामा संलग्न भएको आशंकामा ६ युवकलाई पक्राउ गरिएको जनाएको छ। इलाका प्रहरी कार्यालय सुखडका अनुसार पक्राउ पर्नेमा घोडाघोडी-१ का केशव भनेर चिनिने राकेश गिरी, रुपेश चौधरी, लक्ष्मण रावल, हिमराज क्षेत्री, नरेन्द्र बिक र नवीन शाही रहेका छन्।

घट्ना बारे शनिबार मात्रै जाहेरी परेको प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए। किरोशी आफन्तको विवाहमा जाने क्रममा घोडाघोडीको जङ्गलमा राकेश गिरीको समूहले किशोरीलाई इन्जेक्सन लगाई सामूहिक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक जोशीले बताए।

जाहेरीमा सात जनाको नाम किटान गरिएको छ। जस मध्ये एक जनाको खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ। घटना लगतै पीडित किशोरीको घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज रेफर गरिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि अहिले काठमाडाैंमा उपचार भइरहेको जोशीले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।