बुधबार, साउन २०, २०८३

यसरी पुरा भयो दिपेशको सपना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बाँके– एउटा सपना तुहिदा अर्को सपना बुनिन्छ। जब सपनाले मान्छेलाई ब्युताउँछ तब नयाँ योजना बन्छ। यस्तै भएको छ ब्याडमिन्टन खेलाडी दिपेश धामीको जिवनमा पनि। लामो समय कसैको छायामा पर्नु कस्को लागि स्वीकार्य होला र? तर, चर्चित ब्याडमिन्टन खेलाडी दिपेश लामो समय राष्ट्रिय च्याम्पियन बनेका रत्नजित तामाङको छायामा परेका थिए।  

२०७३ सालमा पूर्वाञ्चलमा आयोजना भएको सातौं राष्ट्रिय खेलकुदमा पनि दिपेश रत्नजितसँग पराजित भएका थिए। हाल दिपेशले सातौंमा रत्नजीतसँग हारको बदला लिँदै ब्याडमिन्टनमा नयाँ इतिहास रचेका छन्। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दिपेशले रत्नजीतलाई नमिठो हार चखाउँदै राष्ट्रिय च्याम्पियन बन्ने आफ्नो सपना पुरा गरेका छन्। 

दाङको घोराहीस्थित कभर्डहलमा भएको फाइनलमा दिपेश रत्नजीतलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजित गर्दै राष्ट्रिय च्याम्पियन बने। यो उनको अहिलेसम्मकै ठूलो उपलब्धि हो। २०६९ सालमा काठमाडौंमा भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नम्बर एक खेलाडी बिकास श्रेष्ठलाई पराजित गर्दै रत्नजित च्याम्पियन बनेका थिए। त्यसपछि उनलाई ठुला प्रतियोगितामा कसैले पराजित गर्न सकेको थिएन। जुन दिपेशले गरेर देखाए। 



बलियो प्रतिद्धन्दीको रुपमा रहेको नम्बर एक खेलाडीलाई पराजित गर्नु दिपेशको लागि त्यती सहज भने थिएन्। तर उनले हिम्मत हारेन् र रत्नजीतसँग सातौं राष्ट्रिय खेलकुदमा ब्यहोरेको हारको बदला लिए। 

रत्नजीतलाई पराजित गर्दै एउटा ठूलो उपलब्धि हासिल गरेका दिपेश अहिले हर्षित छन्। उनी आफ्नो जीवनकै ठुलो सपना साकार भएको खुशियाली मनाइरहेका छन्। उनी भन्दै छन्, ‘मेरो जीवनको एउटा ठुलो सपना पूरा भएको छ।’

‘खेलिसकेपछि सबैको एउटै लक्ष्य हुन्छ नेपाल च्याम्पियन बन्ने। मेरो पनि थियो। आज च्याम्पियन बन्दा एकदमै खुशी छु। वर्णन खै कसरी गरुँ,’ खुसी मुडमा देखीएका दिपेशले भने, ‘अभ्यास राम्रो भएकाले यस पटक आठौं राष्ट्रिय खेलकुदमा म च्याम्यिन हुन्छु नै भन्ने लागेको थियो। त्यतीमात्र हैन मैले रत्नजीतलाई पराजित गर्न सके मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हुनेछ सोचेको थिए। जुन पुरा भयो।’

अन्य खेलमा रुची हुँदा हुँदै पनि आफ्ना बुबाका रकाण ब्याडमिन्टनमा लागेका उनलाई हाल कुनै पश्चातप छैन्। उनी स्कुल पढ्दा फुटबल खेल्थे। पछि साथीको लहलहैमा लागेर कहीले काही कबर्डहल पुग्थे। ब्याडमिन्टनमा राम्रो गर्न थाले पछि उनी आफ्ना बुबाको सल्लाहमा प्रशिणका लागि भारतको हैदरावाद पुगे। हैदरावादमा उनले करिब ढेड वर्ष बिताउँदा ब्याडमिन्टनको बेसिक कुरा सिक्न पाएको दिपेशले बताए। 

उनी पहिलो पटक चितवनमा जुनियर ब्याडमिन्टन प्रतियोगिता खेल्दा पहिलो चरणबाट बाहिरिएका थिए।  सोही खेलका विजेताले मेडल लगाएको देखे पछि दिपेशलाई पनि ब्याडमिन्टन खेल्छु भन्ने इख जागेको थियो। ‘यसअघि साथीभाईसँग रमाइलोका लागि र टाइम पासको लागि खेल्थेँ। त्यसपछि म भारतको हैदरावादमा अभ्यास गर्न गएँ। त्यो ढेड वर्षको अवधिमा मलाई निकै गाह्रो भएको थियो। हैदरावादमा कोही नेपाली हुँदैन थियो। त्यो डेढ वर्ष मैले क्यालेन्डर नै हेरेर विताएँ। तर, अहिले म यो स्थानमा आइपुगेको नै त्यहीको प्रशिक्षण हो,’ दिपेशले भने, ‘हैदरावादको प्रशिक्षण सकेर स्वदेश फर्किएपछि मैले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलेको थिएँ। म फाइनलसम्म पुगे तर त्यसबेलाका नम्बर एक खेलाडी विकास श्रेष्ठसँग पराजित भए।’



‘छैटौंमा राम्रो खेल्दा खेल्दै हार्न पुगेको थिएँ। सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि रत्नजीतसँग हार्न पुगेँ। एकदिन न एकदिन च्याम्पियन बनेरै छाड्छु भन्ने उद्देश्य थियो,’ उनले भने, ‘विगतमा मैले दुई वटा राष्ट्रिय प्रतियोगितामा हारी सकेको हुँदा अरुले कुरा काट्ने गर्थे। यसले कहिल्यै जित्दैन। अब बुढो भयो जस्ता कुराहरु गर्थे। यही कुराले मलाई राष्ट्रिय च्याम्पियन बन्ने इख झनै पलाएर आएको थियो।’

त्यसपछि आफुलाई राष्ट्रिय च्याम्यिन बनाएर देखाएरै छोड्ने दृढ संकल्प लिएर दिपेश अगाडी बढे। पुष्पलाल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा खुट्टा भाचिएर पनि उनले स्वर्ण जितेका थिए। जुन क्षणलाई उनी जीवनको सबै भन्दा तितो पलको रुपमा लिन्छन्। 

उनी अस्पतालमा खुट्टको उपचाररत हुँदा उनलाई बुवा बाहेक अरु कसैले साथ दिएनन्। ‘अस्पतालमा कोही भेट्न आउनुहुन्छ जस्तो लागि रहेको थियो। किनभने मैले देशको लागि यत्रो खेलेँ। संघका पदाधिकारी अथवा कोही त आउलान् नी जस्तो लागेको थियो। तर, अस्पतालको बेडमा आफ्नो बाबालाई मात्रै दखेँ,’ भावुक हुँदै दिपेशले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।