बुधबार, साउन २०, २०८३

वीरगंजमा दुईवटा ग्रीन पार्क निर्माण गरिदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज – मुख्य मन्त्री स्वच्छता अभियान अन्तर्गत ‌‌‌निर्माण गर्न लागिएको मुर्ली पोखरी पार्कको शनिबार शिलान्यास गरिएको छ। प्रदेश २ मुख्य मन्त्री लालबाबु राउतले पोखरी परिसरमा आयोजित औपचारिक कार्यक्रमपछि पार्कको शिलान्यास गरेका हुन्। 

संरक्षणको अभावमा पोखरी फोहोर हुँदै गएको र अतिक्रमणको जोखिम बढेपछि सार्वजनिक सम्पत्तिको संरक्षण र सौन्दर्यकरणको लागी पार्क निर्माण गर्न लागिएको हो।

करिब ४ बिघा क्षेत्रफलमा फैलिएको पोखरीको चारैतिर डिलमा फराकिलो क्षेत्र समेटेर सूर्य मन्दिर, बुद्ध प्रतिमा ,खुला मञ्च, हरियाली र ज्येष्ठ नागरिकको आरामको लागी आराम कुर्सीको समेत व्यवस्था गरिने योजना छ। अहिले यो पोखरी छठ पर्वको पूजाबाहेक अन्य समयमा सार्वजनिक प्रयोगमा खासै आउन सकेको छैन।

पार्क निर्माणको लागी करिब १२ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी वीरगंज वडा नम्बर १५ स्थित नगवा पोखरी परिसरमा समेत हरियाली सहितको पार्क निर्माण गर्न लागिएको छ। यो पोखरी समेत करिब ४ बिघा क्षेत्रफलमा फैलिएको छ।

प्रदेश सांसद जन्नत अंसारीले पार्कको निर्माणबाट नगरवासीलाई घुमघाम र मनोरञ्जन गर्न दुईवटा नयाँ गन्तव्य प्राप्त हुने बताए। 

दुबै पार्कको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्रदेश सभासद अंसारीको स्वकीय सचिव दाउद अंसारीले जानकारी दिए। 

वीरगंज महानगरपालिका क्षेत्रभित्र रहेको सार्वजनिक पोखरी र जग्गाको संरक्षण र उचित प्रयोग नहुँदा नगरवासीलाई मनोरञ्जन र घुमघामको लागी घडिअर्वा पोखरी बाहेक अन्य विकल्प उपलब्ध छैन। पिपरामा अवस्थित पार्कको जग्गा समेत वर्षौदेखि प्रयोग विहीन अवस्थामा रहेको छ।

वीरगंज उपमहानगरपालिका तत्कालीन नगरप्रमुख विमल श्रीवास्तवको कार्यकालमा घडिअर्वा पोखरी परिसरमा पार्क निर्माण गरेयता वीरगंजमा पर्यटकीय आकर्षणको लागी सार्वजनिक पार्कको निर्माण हुन सकेको थिएन। केही महिना अघि मात्र एशियाली विकास बैंकको सहयोगमा अलखिया मठ नजिकै सार्वजनिक खोलाको जग्गामा आंशिक अतिक्रमण हटाएर बाल उद्यान निर्माण गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।