बुधबार, साउन २०, २०८३

चेन्‍नई पुगेका किशोरको उद्धार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – रोजगारीका लागि भारतको चेन्‍नई जाँदै गरेका महोत्तरी, धनुषा, सिरहा र सर्लाही जिल्लाका २६ किशोरलाई भारतको विहार राज्यको बरियारपुर सीतामढीबाट उद्धार गरिएको छ। ललितपुरस्थित केन्द्रीय बाल कल्याण समिति, धनुषा जिल्ला बालकल्याण समिति, प्रदेश नं. २ सरकार र छोराछोरी नेपालको समन्वयमा ती किशोरलाई  बरियारपुर सीतामढीस्थित बालगृहबाट उद्धार गरिएको हो।

भारतीय सुरक्षा पदधिकारीले गत चैत १३ गते विभिन्न बसबाट ती किशोरलाई हिरासतमा लिएर  संरक्षणका लागि उक्त बालगृहमा राखेका थिए। केन्द्र्रीय बाल कल्याण समितिका कार्यक्रम अधिकृत सञ्जीव महतोका अनुसार उद्धार भएकामा  महोत्तरीका १२, धनुषाका ९, सिरहाका तीन र सर्लाहीका दुई  बालक छन्। बाह्र देखि १७ वर्षका ती किशोर चेन्नईमा राम्रो रोजगारी पाइन्छ भनी साथीहरूबाट सुनेकाले  त्यसतर्फ जान लागेको बताइएको छ। उद्धार गरिएका सबै बालक अशिक्षित  छन्।

उद्धार गरिएका बालक प्रवीण पासवानका अनुसार भारतीय सुरक्षाकर्मीले नागरिकता नहुनेलाई नियन्त्रणमा लिने र नागरिकता हुनेलाई चेन्नई जान दिने गरेका छन्। प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले उद्धार गरिएका बालक अभिभावकलाई बुझाउँदै तिनलाई निगरानीमा राख्न सुझाव दिए। उनले रोजगारी दिने बहानामा बेहोस बनाएर मिर्गौला  निकाल्ने गरिएकाले आ–आफ्ना छोराको ख्याल गर्न पनि आग्रह गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।