बुधबार, साउन २०, २०८३

यौन हिंसाको आरोपमा वडा सचिव पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – कैलालीको घोडाघोडी नगरपालिका–४ का सचिव यज्ञ आचार्य बालिकामाथि यौन हिंसा गरेको आरोपमा पक्राउ परेका छन्। 

शुक्रबार राति बालिकाको घरमा गएर सचिव आचार्यले आमासँग झगडा गर्नुका साथै १२ वर्षीय छोरीमाथि यौन हिंसा गर्न खोजेपछि स्थानीयले राति नै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको खुलेको छ।

बालिकाका काकाको निवेदनको आधारमा वडा सचिव आचार्यलाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय सुखडका प्रमुख यक्षराज जोशीले जानकारी दिए। उनले सचिव आचार्य बिरुद्ध जवर्जस्ती करणी उद्योगमा जाहेरी दिएको बताए। 

प्रहरी निरीक्षक जोशीले आचार्यसंग बुझ्दा उनले बालिकाको आमासँग रकमको लेनदेन भएकाले आफू रकम माग्न गएको बयान दिएको जानकारी दिए। थप अनुसन्धान भैरहेको उनले जानकारी दिए। बालिकाले भने आफूमाथि गालीगलौज गर्नुका साथै हातपात गर्न खोजेको बताएकी छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।