बुधबार, साउन २०, २०८३

रहेनन् शब्दकोशकार तथा साहित्यकार वसन्तकुमार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – साहित्यकार तथा शब्दकोशकार वसन्तकुमार शर्म्मा ‘नेपाल’को शनिवार ९१ वर्षको उमेरमा निधन भएको छ। 

उनका नाति डा. विपीन नेपालका अनुसार केही समयदेखि छातीको सङ्क्रमणका कारण अस्वस्थ रहेका नेपालको शनिवार दिउँसो चाबहिलस्थित आफ्नै निवास निधन भएको हो।

उनका ‘नेपाली शब्दसागर’ शब्दकोश तथा अन्य दर्जनौँ साहित्यिक कृति प्रकाशित छन्। नेपाली शब्दसागरमा एक लाख २५ हजार मूलशब्द प्रविष्ट छन्।

संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका उनको जन्म वि.सं. १९८४ को रामनवमीको दिन पिता पण्डित दिवाकर शर्मा र माता हेमकुमारी देवीको कोखबाट महाराजगन्जमा भएको थियो।

उनले लामो समय विभिन्न विद्यालय र क्याम्पसहरूमा अध्यापन पनि गरे। उनले संस्कृत साहित्यका विभिन्न कृतिहरूको नेपालीमा भानुवादसमेत गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।