बुधबार, साउन २०, २०८३

‘बेटी पढाऊ, बेटी बचाऊ’ नाटक मात्रै !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई आफ्नो नीति तथा कार्यक्रममा सबैभन्दा बढी प्राथमिकतामा राखेको छ। सरकारले ल्याएको अन्य कार्यक्रम भन्दा बढी बजेट सम्भवतः यसै कार्यक्रमको लागि विनियोजनसमेत गरिएको छ।

मुख्यमन्त्री लालबाबु राउतले आफ्नै मातहत राखेर सञ्चालन गरिरहेको यस अभियानको सफलता÷असफलता भविष्यले देखाउला नै। तर, दलित समूदायबाट प्रतिनिधित्व गर्ने एक महिला अभिनेत्रीले मुख्यमन्त्री राउतकै सामु ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान नाटक मात्र रहेको आरोप लगाएकी छन्। उनले उक्त अभियान नाकट मात्रै भएको भनेपछि मुख्यमन्त्री राउत अनुउत्तरित बनेका थिए।

दलित समुदायबाट प्रतिनिधित्व गर्ने पूजा पासवान जो निर्देशका साथै रंगकर्मीसमेत हुन्। एक सार्वजनिक कार्यक्रममा उनले राउतलाई ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान नाटकमात्र रहेको भनेपछि मुख्यमन्त्री राउतले केहि जबाफ फर्काउन सकेनन्।

रङवाटिका नामक संस्थाले जनकपुरमा प्रदेशस्तरीय नाट्क एवं चलचित्र महोत्सवको आयोजना गरेको थियो। महोत्सवको अन्तिम दिन बुधबार मैथिली भाषामा निर्माण गरिएको ‘दहेजको पीडा’ नामक चलचित्रको निर्माता, निर्देशक तथा कलाकार पूजाले मुख्यमन्त्री राउतलाई ‘बेटी पढाउ, बेटी बचाउ’ नौटंकीमात्र रहेको सार्वजनिक रुपमै दावी गरेकी हुन्। मुख्यमन्त्री राउत महोत्सवको समापन समारोहका प्रमुख अतिथि थिए।

पूजाले महोत्सवमा आफूले निर्माण गरेको चलचित्र ‘दहेजक पीडा’ प्रदर्शन होस इच्छाएकी थिइन्। आयोजकले सहमतिसमेत जनाएको थियो। महोेत्सवमा चलचित्र प्रदर्शन गराउन लगातार चार दिनदेखि धाइरहेकी पूजाले रकमकै चलखेलका कारण आफ्नो चलचित्रलाई अवसर नदिइएको भन्दै मुख्यमन्त्री राउतमाथि खनिइन्।

काँखमा बच्चा बोकेकी पूजाले ‘छोरी भएकै कारण आफूले निर्देशन गरेको चलचित्र प्रदर्शनको लागि नामाङ्कन गरिएपनि आयोजकले प्रदर्शन गर्न नमानेको’ मुख्यमन्त्री राउतलाई सुनाइन्।
मञ्चमै चढेर पूजाले रुवावासी गरेपछि मुख्यमन्त्री राउतले आयोजकलाई तत्काल उनको चलचित्र प्रदर्शन गर्न निर्देशन दिएका थिए। मुख्यमन्त्रीको निर्देशनपछि पूजाको चलचित्र महोत्सवमा प्रदर्शन भयो।

आयोजकले भने प्राविधिक समस्याका कारण पूजाको चलचित्र समयमा प्रदर्शन हुन नसकेको दावी गरेको छ। रकमको चलखेलका कारण चलचित्र प्रदर्शन नगरिएको आरोपमा कुनै सत्यता नरहेको आयोजकले बताएको छ।

आफ्नै पैसा खर्चेर एक दलति अभिनेत्रीले दाइजोको समस्याले जकडिएको समाजिक यथार्थ देखाउन गरेको प्रयासलाई प्रोत्साहन गर्नुपर्ने स्थानमा निरुत्साहित गर्ने प्रयास गरिएको भन्दै टिप्पणीसमेत हुन थालेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।