बुटवल – प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा कालो झण्डा देखाइएको छ। जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कार्यक्रम स्थलमा प्रवेश गरेर कालो झण्डा देखाएका थिए।
जीतगढी विजय महोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाएका हुन्। उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ। उनको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४