बुधबार, साउन २०, २०८३

भ्रष्टाचार बढेको भन्दै विवेकशाझाको प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – मुलुकमा व्याप्त भ्रष्टाचारका कारण समाजमा व्यथिति बढ्दै गएको भन्दै विवेकशिल साझा पार्टीले आइतबार राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा भ्रष्टाचार विरोधी नारा लगाइएको थियो। 

विवेकशिल साझाका संयोजक रविन्द्र मिश्रले मुलुकले भ्रष्टाचारको उच्चतम पराकाष्ठा भोग्नु परिरहेको बताउँदै जनतालाई त्यसप्रति सचेत रहन र सरकारको ध्यानाकर्ष गर्न विरोध प्रदर्शन गरिएको बताए। ‘बेरोजगार नेताहरु धमाधम महंगा घर घडेरी किनिरहेका छन्। हयात होटेलदेखी बालुवाटार क्षेत्रका जग्गा गैह्र कानुनी खरिद प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरु नै संलग्न छन्’, उनले भने, ‘त्यस्ता प्रकरणहरूमा निर्दोष जनता पनि पिसिने गरेका छन्। त्यसको सत्यतथ्य बारे पारदर्शी छानविन हुनुपर्छ।’

आफ्नो दलको उद्देश्य शान्तिपूर्ण आन्दोलनबाट नै सरकारलाई सचेत पार्दै लैजाने रहेको संयोजक मिश्रले स्पष्ट पारे। ‘मुलुकमा भ्रष्टाचार, अपराधीक घटनाको अन्य हुनुपर्छ। त्यसका लागि सरकार कटिवद्ध हुनुपर्छ’, उनले भने, ‘हामी यस्ता व्यथिति विरुद्ध सरकारको ध्यानाकर्षण गराउन यस स्थानमा आएर बारम्बार सरकारको ध्यानाकर्षण गराइरहने छौं।’

विवेकशिल साझाले सरकारले थुप्रै घटनाका ठुला माछा समात्न नसकेको आरोप लगाएको छ। भ्रष्टाचारको आरोपमा सरकारले तल्लो तहका कर्मचारीलाई मात्रै  कार्वाही गर्ने गरेको तर माथिल्लो तहका कर्मचारीलाई जति भ्रष्टाचार गरेपनि व्यवास्था गर्ने गरेका कारण यसले जटिल रुप लिएको उसको आरोप छ। 

सबै जनता भ्रष्टाचार अन्त्यको लागि एक भएर अगाडि बढे यसको अन्त्य हुन समय नलाग्ने संयोजक मिश्रले बताए। प्रदर्शनका क्रममा मिश्रले भ्रष्टाचारका विरुद्धमा आफूले रचेको कवितासमेत बाचन गरेर सुनाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।