बुधबार, साउन २०, २०८३

दिल्लीबाट आएको बसमा बिस्फोटक पदार्थ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – छिमेकी देश भारतको नयाँ दिल्लीबाट काठमाडौं जाँदै गरेको बसबाट ठूलो मात्रामा बिष्फोट पदार्थ बरामद भएको छ। सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार मध्यरात ना ५ ख ७२४५ नम्बरको बसबाट बम र बम बनाउन प्रयोग हुने सामान बरामद गरेको हो।

बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक नेत्र केसीले बसबाट बम, अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका सामाग्रीहरु बरामद गरिएको जानकारी दिए।
 
राति करिव पौने १ बजेको समयमा शंका लागेर बस जाँच गर्दा बसबाट बिभिन्न सामानहरु सशस्त्र प्रहरीले बरामद गरेको छ। सामानका पोका खोलेर हेर्दा डिटोनेटर लगायतका बिष्फोटक पदार्थ फेला परेपछि उक्त बसलाई रोक्न सशस्त्र प्रहरीले बले अन्य जिल्लाका प्रहरी युनिटलाई सूचना प्रवाह गरेको थियो। बस अहिले नवलपरासी प्रहरीले रोकेर राखेको बुझिएको छ।

सशस्त्र प्रहरीले उक्त सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाउने तयारी गरेको  छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।