बुधबार, साउन २०, २०८३

मोरङमा एक महिलाको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मोरङ – मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको निर्वस्त्र शव डेरा नजिकै फेला परेको छ। 

मृत भेटिएकी बस्नेतका भित्रि वस्त्र कोठामै फेला परेको र टाउकोमा गहिरो चोट देखिएका कारण उनको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। 

बस्नेत र उनका छोरा शुक्रबार राति पथरी बजारमा सांस्कृतिक कार्यक्रममा सहभागी भई राति घर फर्केका थिए। बिहान डेरा बाहिर उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनले रक्सी सेवन गरेकी प्रहरीले बताएको छ। 

रिनाका श्रीमान भने बैदेशिक रोजगारीमा छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।