बुधबार, साउन २०, २०८३

पौडी पोखरी तयार भएन, प्रतियोगिता नै अन्योलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नेपालगन्ज– प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा धेरै जसो खेल सुरु भैसकेका छन् । सुरु हुन बाँकी रहेको पौडीखेल भोलि अर्थात बैशाख ८ गतेबाट सुरु हुँदै छ। 

तर, प्रतियोगिता संचालन गर्ने भनिएको नेपालगन्ज रंगशाला परिसरमै रहेको पौडी पोखरी शनिबार अर्थात वैशाख ७ गतेसम्म पूर्णरुपमा निर्माण सम्पन्न हुननसक्दा प्रतियोगिता नेपालगन्जमै हुने वा नहुने भन्ने अन्योलता छाएको छ। 

भोलीबाट सुरु हुने पौडी खेल अब कहाँ हुने अहिलेसम्म टुङ्गो लागेको छैन। प्रतियोगिता सञ्चालनको पूर्वसन्ध्यासम्म पनि प्रतियोगिता आयोजना गर्ने भनिएको पौडी पोखरी सम्पन्न नभएपछि यतीबेला नेपाल पौडी संघका पदाधिकारीहरु पोखरीको खोजीमा दौडेका छन्।

प्रतियोगितालाई लिएर पौडी संघका पदाधिकारीदेखि स्थानीय आयोजकलाई समेत पौडी पोखरीको व्यवस्था गर्न हम्मेहम्मे परेको छ। नयाँ पौडी पोखरीका लागि १६ लाख लिटर पानी आवश्यक पर्ने थियो। बोरिङबाट पोखरीमा पानीभर्दा एक दिनमा दुई लाख लिटर पानी मात्रै आउँछ। पोखरी भर्न ट्यांकरको प्रयोग गर्दा समेत सम्भव नभएपछि यतीबेला पौडीसंघ पौडी पोखरीको खोजीमा लागेको हो। 

अहिलेसम्म पनि पोखरी निर्माणका कार्यहरु सम्पन्न हुन सकेका छैनन्। स्वीमिङपुल निर्माण सकिएपनि बाँकी काम भने भइरहेको छ। स्वीमिङ पुलको प्याराफिट निर्माण चलिरहेको छ भने स्वीमिङ पुलमा फोहोर नै फोहोर भरिएको छ। पौडी पोखरीमा अत्यावश्यक गट लाइनको व्यवस्था छैन। पोखरीमा पानी र आवश्यक औषधि राखेपछि कम्तीमा एक साता प्रतियोगिता आयोजना गर्न मिल्दैन। यस्तो पोखरीमा प्रतियोगिता आयोजना गरेर खेलाडीबाट राम्रो प्रदर्शनको अपेक्षा गर्न कसरी सकिन्छ भन्ने प्रश्न उब्जिएको छ।

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले अहिले निर्माणाधिन अवस्थामा रहेको स्वीमिङ पुलमा कुनै पनि हालतमा प्रतियोगिता सञ्चालन गर्न नसकिने बताउछन्। ‘यहाँ अब सम्भावना छैन। यस्तो अवस्थामा कसरी प्रतियोगित संचालन गर्ने? अब अन्तै कुनै ठाउँमा गराउनु पर्छ। आठौंमा पौडी खेल हुन्छ, तर यो बन्दै गरेको पौडी पोखरीमा हुँदैन।’, बज्रचार्यले भने, ‘अब २५ मिटरको स्वीमिङ पुलकहाँ छ त्यहाँ हुन्छ। अहिले हामी त्यसको खोजीमा  लागेका छौं।’ 

‘हामी त उहाँहरुले निर्माण सक्छौं भनेका कारण कुरेर बसेको थियौं।', उनले अगाडि भने, 'तर अब समय छैन। खै त निर्माण सम्पन्न भएको ?’ आक्रोसित बनेका अध्यक्ष बज्राचार्यले अब जे जसो गरेर भएपनि नेपालगञ्जमै प्रतियोगिता हुनेमा ढुक्क रहन विश्वास दिलाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।