बुधबार, साउन २०, २०८३

प्रधानमन्त्री ओली किन जाँदैछन् बुटवल र कावासोती ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बुटवल – प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल र पूर्वी नवलपरासी जाने भएका छन्। उनी बुटवल र कावासोतीमा आयोजना हुने  तीनवटा कार्यक्रममा सहभागि हुन त्यसतर्फ जान लागेका हुन्।

प्रधानमन्त्री ओलीको बिहान ११ बजे बुटवल उपमहानगरपालिका वडा नं १ मा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम छ। 

तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको सालिक नौं फिट उचाइको छ। सालिकको छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गर्ने कार्यक्रम रहेको छ।

वि.सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौजले यही किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो। नेपाली फौजसँग लडाईं हारेर अंग्रेज फौज दक्षिणतर्फ गएकोले कर्णेल थापाको सालिक दक्षिण तर्फ फर्काएर निर्माण गरिएको छ। 

सालिक अनावरणपछि आयोजित आमसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

यसैगरी दिउँसो १ बजे प्रधानमन्त्री ओलीले कावासोतीमा जिल्ला समन्वय समिती  बर्दघाट सुस्तापूर्व नवलपरासीले आयोजना गरेको जिल्लाको सदरमुकाम शिलान्यास र आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। आजै दिउँसो पौने तीन बजे प्रधानमन्त्री ओलीले नवलपरासीमा रहेको चौधरी उद्योग ग्राम भित्र रहेको शास्वतधामकोसमेत अवलोकन गर्नेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।