बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललितानिवास जग्गा प्रकरण : २४ वटा सरकारले नदेखेको हिनामिना

ललितानिवास जग्गा प्रकरण : २४ वटा सरकारले नदेखेको हिनामिना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - शनिबार काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले फरक फरक विषयका समाचारलाई आफ्नो प्राथमिकतामा पारेका छन्।

नागरिक दैनिकले 'ललिता निवास जग्गा प्रकरण : २४ वटा सरकारले नदेखेको हिनामिना' शिर्षकको समाचारलाई प्राथमिकता दिएको छ। 

नागरिकले विगतमासमेत भएका यस्ता प्रकरणका बारे विस्तृतमा समाचार प्रकाशन गरेको छ। 

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका प्रमुखको सरकारी निवास रहेको ललितानिवास परिसरकै जग्गा व्यक्तिका नाममा बनाइँदा पनि २८ वर्षमा बनेका २४ वटा प्रधानमन्त्रीले फिर्ता गर्न कुनै कदम चालेनन्। अहिले ओली सरकार सो जग्गा सरकारकै नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढाएपछि यो विषय निकै पेचिलो बनेको छ। 

सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्नेगरी मन्त्रिपरिषद र मालपोत कार्यालयबाट विगतमा भएका निर्णय खारेज तथा संलग्न कर्मचारी तथा भूमाफियामाथि कारबाही गर्नुपर्छ।

यता नेकपाका महासचिव विष्णु पौडेलले भने आफूले कानुनअनुसार नै बालुवाटारमा ८ आना जग्गा किनेको बताएका छन्। 

यस्तै कान्तिपुर दैनिकले ८ औं राष्ट्रिय खेलकुदमा भौतिक पूर्वाधारको अभावमा खेलाडीहरुले भोग्नु परेको दुःखलाई प्रमुख स्थान दिएको छ। 

कान्तिपुरले 'चाउचाउ र खुर्सानीको भर' शिर्षकमा समाचार प्रकाशन गरेको छ। 
 
तुलसिपुरस्थित बेलझुन्डीमा अन्तर्राष्ट्रिय स्तरको एथलेटिक्स ट्रयाक त बनेको छ। नजिकै बस्ती र पसल नहुँदा खेलाडीले भोकसमेत मेट्न पाएका छैनन्। होटलमा सबेरै ब्रेकफास्ट गरेर आएका खेलाडी शुक्रबार अपराह्न दौडपछि खाजा खोज्न भौंतारिँदै थिए। कतै भेटेनन्। गेट नजिकैको सानो चिया पसलमा चाउचाउ साँध्न लगाए।

खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ। व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन्। राम्रै खाजा खाने हो भने खेलाडीले सात किमि टाढाको बजार धाउनुपर्ने स्थिति छ। उनीहरुले चाहेअनुसार समय म्यानेज गर्न पाइरहेका छैनन्। २० किमि टाढाबाट बिहानै एकै सिफ्टमा ल्याइन्छ र साँझ एकैपल्ट लगिन्छ। पदाधिकारी र निर्णायकसमेत गुनासो गरिरहेका भेटिन्छन्, पानी पनि खान पाइएन।

यस्तै शनिबारको नयाँ पत्रिका दैनिकले सिर्जनशील युवा शिर्षकमा समाचार प्रकाशन गरेको छ। 

सफतलाको एक प्रमुख सुत्र हो, नयाँ सोच। अधिकांशले नसोचेको या कतिपयले सोचेर पनि सामान्य ठानेका काम आँटेर विश्वमा कैयौं युवा सफल बनेका छन्। नेपालमै पनि केही युवा तल्लो वर्ग ले गर्ने भनेर कित्ता काट गरिएको काममा भविष्य खोज्दै छन्। विदेशमा पढेर फर्किएका विकास सुवेदी, ऋचा धमला र स्वदेशमै स्नातक गरेका निकुञ्ज भण्डारीले धोबीको काम सुरु गरेका छन्। युएसएडको आकर्षक जागिर छोडेर आयुषी केसीले फोहर संकलन व्यवसाय थालेकी छिन्। दुनियाँको नजरले तल्लो स्तरको ठान्ने कामलाई उनीहरुले डिजिटल प्लेटफर्ममा आकर्षक बनाएका छन्। केही युवा प्रविधिको प्रयोग गर्दै आममानिसको जीवनशैली नै बदल्न कस्सिएका छन्। कैयौं महत्वपूर्ण काम घरमै बसीबसी गर्न सक्ने बनाइदिएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।