बुधबार, साउन २०, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज बैशाख ६ गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

उपत्यकामा असिनासहितको भारी वर्षा

काठमाडौं उपत्यकामा असिनासहितको भारी वर्षा भएको छ। असिनासहितको वर्षाका कारण पैदलयात्रुहरु अलपत्र परेका छन्। कालाे बादल लागेकाले उपत्यकामा अँध्याराे छाएकाे छ।

एक महिनामा कतिले बुझाए हतियार

अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवबैध भन्दा वैध हतियार बढी छ। 

राजपा महाधिवेशनः तीन विकल्पमाथि छलफल हुँदै

वैशाख ७ देखि ९ गतेसम्म राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पहिलो महाधिवेशनको मिति तोकिएको थियो। ६ मधेश केन्द्रीत दल मिलेर बनेको राजपाले वैशाख ७ गतेदेखि एकता अधिवेशन हुने बताएको थियो।

बालुवाटारमा जग्गा किनेको स्वीकार्दै पौडेले निकाले दोस्रो वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आफूमाथि लागेको आरोप स्वतः खण्डित हुने बताएका छन्। उनले आफुमाथिका आरोप पुष्टि गर्न सबैलाई आह्वान गर्दै सत्यको कसीमा ती आरोपहरु स्वतः खण्डित हुने बताए।

हिमाल सफा गर्दै सेना

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको आयोजना नेपाली सेनालगायत सरकारी तथा गैह्रसरकारी संस्थाले सगरमाथा हिमाल सफाई अभियान सञ्चालन गरिरहेका छन्।

प्रमुख निर्वाचन आयुक्त र न्यायाधीश नियुक्त

 राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिशमा दिनेशकुमार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी छिन्। नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम प्रमुख निर्वाचन आयुक्तमा थपलियालाई राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन्।

लोकसभा निर्वाचन : कानुनले दोषी ठहर्‍याएका उम्मेदवारको बिगबिगी

भारतमा १५ औं लोकसभाको तेस्रो चरणको निर्वाचन मिती नजिकिंदै जाँदा केही रोचक तथ्यहरु वाहिर आइरहेका छन्। ‘एसोसिएसन फर डेमोक्रेटिक रिफर्मस्’ (एडीआर) को प्रतिवेदनलाई उल्लेख गर्दै भारतीय पत्रिका दैनिक भास्करले एक अनुसन्धानबाट आउँदो अप्रिल २३ मा हुने निर्वाचनमा ३ सय ४० जना अपराधिक पृष्ठभूमिका उम्मेदवार चुनावी मैदानमा उत्रिएको तथ्य सार्वजनिक गरेको छ।

राष्ट्रपतिको राजकीय चीन भ्रमण, यस्तो छ कार्यतालिका 

राष्ट्रपति विद्यादेवी भण्डारी एकसाता लामो चीन भ्रमणमा जाने भएकी छिन्। चिनियाँ समकक्षी सी जिन पिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी बैशाख ११ गते चीनको राजकीय भ्रमणमा जाने भएकी हुन्।

पार्टीप्रति रुष्ट हुँदै कांग्रेस प्रवक्ता प्रियंकाले दिइन् राजीनामा

भारतीय कांग्रेसकी प्रवक्ता प्रियंका चतुर्वेदीले पार्टीबाट राजीनामा दिएकी छन्। उनले शुक्रबार राहुल गान्धी समक्ष राजीनामा पत्र पेश गरेकी हुन्। राजीनामापछि उनी शिवसेनामा प्रवेश गरेकी छिन्। शिवसेनाका अध्यक्ष उद्धव ठाकरेले उनलाई पार्टी प्रवेश गराएका थिए।

कथाकारमा नयाँ उर्जा : १२खरी कथामा बीना प्रथम

राजधानीमा कथाकारहरूका बिचमा शुक्रबार एउटा फरक माहोल देखियो। नक्सालस्थित एलिस पार्टी प्यालेसको हलमा देशैभरीका कथाकारहरू जम्मा भएका थिए। सहभागिहरूमा नयाँ उत्साह थियो। 

स्वदेशमै उद्यम खोल्न एक करोडसम्म ऋण

दक्षिण एसिया क्षेत्रीय मानवअधिकार शिखर सम्मेलन शुक्रबार राजधानीमा सुरु भएको छ। सम्मेलन उद्घाटन गर्दै मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मुलुकका कतिपय युवा अझै अधिकारबाट वञ्चित रहेको बताए। उनले भने, ‘सबैले मिलेर काम गरेमा युवाले अधिकार पाउँछन्।’

'धर्म निरपेक्षता' जलाइयो

राष्ट्रिय प्रजातन्त्र पार्टीले रत्नपार्कमा धर्म निरपेक्षताको ब्यानर जलाएको छ। पार्टीले धर्म निरपेक्षता खारेज गर्न माग राख्दै ब्यानर जलाएको हो। राप्रपा अध्यक्ष कमल थापाले विदेशीको दबाब र प्रभावमा परी धर्म निरपेक्षता लागु गरिएकाले त्यसको विरोधमा कार्यक्रम आयोजना गरिएको बताए।

'सेनाको आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन्'

नेपाली सेनाले आर्थिक अपारदर्शिता, ‘चेनअफ कमाण्ड’ उल्लंघन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा संगठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ। ‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ शुक्रबारदेखि सुरुभएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्नेलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिए।

पब्जीमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले अनलाइन गेम पब्जीमाथि प्रतिबन्ध नलगाउन अन्तरिक आदेश जारी गरेको छ।  

नेविसंघ दिवसमा पौडेल समूहको बहिष्कार

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसमा आयोजित कार्यक्रम वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिष्कार गरेको छ।

आन्दोलनमा होमिन नेविसंघलाई देउवाको यस्तो निर्देशन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघलाई सरकारविरुद्धको आन्दोलनमा होमिन आग्रह गरेका छन्। संघको ४९ औं स्थापना दिवसको अवसरका बोल्दै देउवाले मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसंघले सरकारविरुद्धको आन्दोलनमा होमिनुपर्ने बेला आएको बताए।

कांग्रेस नेता पटेलमाथि थप्पड प्रहार

भारतको गुजरातका कांग्रेस नेता हार्दिक पटेलमाथि थप्पड प्रहार भएकाे छ। चुवावी सभालाई सम्बोधन गर्दै गर्दा उनीमाथि थप्पड प्रहार भएको हो।

आज र भोलि भिटामिन 'ए' र जुकाकाे औषधि खुवाइँदै

दोस्रो चरणको राष्ट्रिय भिटामिन 'ए' कार्यक्रम आज (शुक्रबार) र शनिबार सञ्चालन हुँदैछ। ७७ वटा जिल्लाका ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन 'ए' र एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ।

एउटै कोठामा ६ वटी आएपछि...

पहाडबाट आएको साथीले फोन गरेर भेट्न धनगढीको एउटा होटलमा बोलायो। लामो समयपछि भेट हुन लागेकाले म होटलमा पुगें। कोठामा जान होटलको सिँढी चढ्दै थिएँ, दुई युवती उभिएको देखें। मलाई देखेर एक युवतीले सोधिन्, ‘हामीलाई फोन गरेर बोलाएको तपाईंले हो ?’ त्यो सुनेर अक्कनबक्क भएँ म। ‘हैन, तिमीहरूलाई म चिन्दै–चिन्दिनँ किन बोलाउँथें र ?’

धर्म निरपेक्षताविरुद्ध रत्नपार्कमा राप्रपाको प्रदर्शन 

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले धर्म निरपेक्षताविरुद्ध आन्दोलित बनेको छ । उसले आज शुक्रबार धर्मनिरपेक्षताको व्यपानर र पोस्टर जलाउँदै प्रदर्शन गर्ने भएको छ । 

सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष

मुलुकभरि नै पर्यटन जागरणको सन्देश फैलाउने उद्देश्यले किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’  अङ्कित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् ।

वीरगंज भन्सारले राजश्व लक्ष्य किन भेट्टाउन सकेन ?

अवैधरुपमा हुने पैठारी ह्वात्तै बढेपछि वीरगंज भन्सार कार्यालयले लगातार छ महिनादेखि असुलीको लक्ष्य भेट्टाउन असफल भएको छ । 

लोकसभा चुनाव : दोश्रो चरणमा ६६ प्रतिशत मतदान 

भारतमा बिहीबार भएको दोस्रो चरणको लोकसभा चुनावमा औसतमा ६६ प्रतिशत मत खसेको छ ।

फोरजी सेवा देशभर पुर्‍याउन के गर्दैछ टेलिकम ?

नेपाल टेलिकमले जतिसक्दो चाँडो फोरजी सेवालाई देशव्यापीरुपमा विस्तार गर्ने भएको छ । देशभर सातै प्रदेशमा सेवा फोरजी सेवा विस्तारका लागि तीन वटा सम्झौता सम्पन्न भएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

भक्तपुरमा रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते

भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन बिहीबार राति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् ।

ट्राफिक जवान र हवल्दारको तलव भत्ता ३० हजार पुग्यो 

सरकारले प्रोत्साहन भत्ता ४० प्रतिशतले वृद्धि गरेसँगै ट्राफिक प्रहरी जवान र हवल्दारको तलब भत्ता र रासन सुविधा करिब ३० हजार पुगेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।