बुधबार, साउन २०, २०८३

राजपा महाधिवेशनः तीन विकल्पमाथि छलफल हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – वैशाख ७ देखि ९ गतेसम्म राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पहिलो महाधिवेशनको मिति तोकिएको थियो। ६ मधेश केन्द्रीत दल मिलेर बनेको राजपाले वैशाख ७ गतेदेखि एकता अधिवेशन हुने बताएको थियो।

तर महाधिवेशनको मिति तोकिएको ७ वैशाखमा राजपाले काठमाण्डौंको एक पार्टी प्यालेसमा हुन लागेको स्थापना दिवसको कार्यक्रममा सहभागी हुन निमन्त्रणा कार्ड बाँडेको छ। २०७४ वैशाख ७ गते ६ दल मिलेर बनेको राजपाले एक वर्षभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर स्थापनाको भएको दुई वर्ष बितिसक्दासमेत उसले पहिलो महाधिवेशन गर्न सकेको छैन्।

बारा र पर्सामा आएको आँधीका कारण निर्धारित मितिमा महाधिवेशन हुन नसकेको पार्टी नेतृत्वको दाबी छ। तर आवश्यक तयारी हुन नसक्दा तोकिएको मितिमा महाधिवेश हुन नसकेको पार्टी निकट स्रोतको दाबी छ।

यसअघि तोकिएको मितिमा महाअधिवेशन हुन नसकेपछि नयाँ मिति तोक्न राजपाको केन्द्रीय पदाधिकारीहरुको बैठक बोलाइएको छ। ८ देखि १० वैशाखसम्म हुने पदाधिकारी बैठकले महाधिवेशनको मिति तथा प्रक्रियाबारे निक्र्यौल निकाल्ने बताइएको छ।

तोकिएको मितिमा महाधिवेशन हुन नसकेपछि राजपाभित्र तीनवटा विकल्प अघि सारिएको छ। पार्टीको नयाँ नेतृत्व चयन गर्न विशेष अधिवेशन, संक्षिप्त अधिवेशन र पूर्ण अधिवेशन गरी तीनवटा विकल्पमाथि छलफल भइरहेको राजपाका महासचिव केशव झाले बताएका छन्।

‘महाधिवेशनको लागि तीनवटा विकल्पमाथि छलफल सुरु भएको छ,’ झाले भने, ‘पदाधिकारी बैठकले कुनै एक विकल्पबारे निर्णय लिने छ।’ महासचिव झाका अनुसार विशेष अधिवेशन गर्दा मुस्किलले एक महिनाभित्र सम्पत्र गर्न सकिन्छ र यसबारे सहमति जुटे जेठको पहिलो साता महाधिवेशन हुने सम्भावना छ। विशेष अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न पार्टीले तल्लो तहको कुनै अधिवेशन गर्नु नपर्दा छोटो समय लाग्ने हुन्छ।

तर राजपाका दोस्रो तहका नेताहरु भने विशेष अधिवेशनको विरोधमा देखिएका छन्। पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, उपाध्यक्ष वृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ललगायतका नेताहरु ४ चैतमा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीलाई भेटेर विधिअनुसार महाधिवेशन गर्न माग गरेका थिए। लोकतान्त्रिक विधिविपरित हुने महाधिवेशन पार्टीको हितमा नहुने उनीहरुले बताएका थिए।

यसैगरी वडा र क्षेत्रीय अधिवेशन सम्पत्र गरी सोभै केन्द्रीय महाधिवेशन गर्ने दोस्रो विकल्पको रुपमा अगाडी सारिएको महासचिव झाले जानकारी दिएका छन्। यसका साथै वडादेखि जिल्ला अधिवेशनका साथै तल्लो तहको सबै अधिवेशन सम्पत्र गरी पूर्ण अधिवेशन गर्ने राजपाको तेस्रो विकल्प रहेको छ। पूर्ण अधिवेशन गर्न धेरै समय लाग्ने हुँदा पहिलो वा दोस्रो विकल्पमा सहमति जुट्ने अत्याधिक सम्भावना देखिएको छ।

राजपा महासचिव झाले बारा र पर्सामा आएको हावाहुरी तथा २४ फागुनमा राष्ट्रिय जनमुक्ति पार्टीसँग एकीकरण भएपछि महाधिवेशन लम्बिएको बताए। ‘तोकिएकै मितिमा महाधिवेशन गर्ने सोच थियो,’ नेपाल समयसँग कुराकानी गर्दै महासचिव झाले भने,‘हावाहुरीका कारण नेता कार्यकर्ता त्यसतर्फ अल्झिए। यसैगरी हामीसँग एकीकरण गरेको राष्ट्रिय जनमुक्ति पार्टीले पनि समय माग गर्‍यो। त्यसैले महाधिवेशन लम्बिएको हो।’

एकताको एक वर्षभित्र महाधिवेशन गराउन नसक्दा निर्वाचन आयोगको तगेदापछि राजपाले विधान संशोधन गरेर दुई वर्षभित्र महाधिवेशन सम्पत्र गर्ने बताएको थियो। र, सोहि अनुसार वैशाखमा महाधिवेशनको मिति तोकिएको थियो।

राजपाको अध्यक्षमण्डल बैठकले १५ चैतसम्म साधारण सदस्यता वितरण गर्ने समयसीमा तोकेको थियो। साधारण सदस्यता वितरण गर्ने समयसीमा बितिसकेपनि प्रतिवेदन केन्द्रसम्म पुग्न सकेको छैन। केन्द्रले स्वीकृत नगरेसम्म सदस्यताले आधिकारिता पाउँदैन।

महासचिव झा  सदस्यता प्रमाणित गर्न धेरै समय नलाग्ने दाबी गर्छन्। सदस्यता वितरण कार्य सम्पत्र भइसकेकोले एक साताभित्र अद्यावधिक गर्ने कार्य पुरा हुने उनको भनाइ छ।

यता महाधिवेशनपछि एकल नेतृत्व वा सामूहिक नेतृत्वको विषयमा सुरु भएको विवाद राजपाभित्र यथावत छ। अध्यक्षमण्डका सदस्यहरुले आफ्ना कार्यकर्ताहरुका साथ छलगर्न दुई खाले विधान तयार गरेका छन्। अध्यक्षमण्डलले निर्वाचन आयोगमा बुझाएको विधानमा सामूहिक नेतृत्वको कुरा गरिएको छ भने कार्यकर्तालाई बाँडिएको विधानमा एकल नेतृत्व हुने भनिएको छ। राजपाका दोस्रो तहका नेतादेखि अधिकांश कार्यकर्ता एकल नेतृत्वको पक्षमा देखिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।